१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
भिडियो

नाता कुटुम्बको अनुहार नहेरी कारबाही गर्छौं -सञ्चार मन्त्री (भिडियो)

काठमाडौँ – सरकारी सम्पत्ति दुरुपयोग गर्ने जोसुकै भए पनि सरकारले कारबाही गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले बताएका छन्।

मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्न नियमित रुपमा गरिँदै आएको पत्रकार सम्मेलनमा उनले सुनकाण्ड र सरकारी सम्पत्ति छानबिनमा सरकारले कुनै कसर बाँकी नराख्ने बताए।

बिहिवार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उनले भने, ‘सरकारले नाताकुटुम्ब कसैको अनुहार हेर्दैन, तीन नेपालीमध्ये कसैको कसैसँग सम्बन्ध त होला, तर कारबाही गर्दा अनुहार हेरिँदैन’। 

३८ क्विन्टल सुन नै बेपत्ता भएको भन्दै मन्त्री बाँस्कोटाले त्यस्ता सञ्जाल तोड्न सरकार लागिपरेको स्पष्ट पारे।
‘सबैखाले भ्रष्टाचार रोक्न सरकारले कदम अघि बढाइसकेको छ, अब कारबाही गरेरै छोड्छौं। 

प्रकाशित: ५ वैशाख २०७६ १२:४१ बिहीबार

भ्रष्टाचार मन्त्रि_परिषद्को सुनकाण्ड सरकार