८ वैशाख २०८१ शनिबार
भिडियो

सिटी लाग्दा कफी निस्कने "कुकर कफी"

 

गुल्मीबाट २०५८ मा काठमाडौं पढ्न आएका यादवप्रसाद पाण्डेले धेरैतिर काम गरे। कहिले कानुनी क्षेत्रमा त कहिले विद्यालय शिक्षकको रुपमा। 
जिन्दगीको मोडले उनलाई होटल लाइनमा ल्याइपु¥यो।

७ वर्षयता उनी सिनामंगलमा खाना र खाजाघर चलाइरहेका छन्। व्यापारमा केही नयाँपन दिऊँ भन्ने सोचले उनले यसैपालाको जाडोयामबाट प्रेसर कुकर कफी बनाइरहेका छन्। यही कफीले उनको परिचयको दायरा नै बदलिदियो।

‘पाण्डे खाना घर’बाट पाण्डे दाइको कुकर कफीसँगै उनी पाण्डे दाइबाट 'कुकर कफीवाला' बनेका छन्।उनकामा आउने अधिकांश ग्राहक फेसबुकमा देखेर आउने गरेको बताए।

नेपालीहरु नयाँ स्वादका पारखी रहेको उनको अनुभव छ । कसैको सफलता देखेपछि त्यसको नक्कल गर्ने बानी छ नि भनेर हामीले सोद्धा उनले यसो भने, ‘एकपटक कुकर कफी पिएपछि प्राय मानिस दोहोर्याएर आउने गरेका छन्।

प्रकाशित: १३ चैत्र २०७५ १४:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App