२० पुस २०८२ आइतबार
image/svg+xml
भिडियो

हास्य कलाकार सन्तोषले भने छोरा बिहे गर्दैन । साकार भने समयको पर्खाइमा

हास्य कलाकार सन्तोष पन्तलाई अब छोरा साकारको नामबाट चिनिने रहर छ। एनका जेठा छोरा साकार अस्ट्रेलियाबाट फिल्मसम्बन्धी विषय पढेर नेपाल फर्केका छन्। केही वृत्तचित्र र टेलिसिरियलसमेत निर्देशन गरिसकेका उनी एक नेपाली फिल्मको स्क्रिप्ट लेखनमा व्यस्त छन्। यसमा उनलाई बाबु सन्तोषले सघाइरहेका छन्। घरमै स्टुडियो राखेर उनले त्यसमा परिवारका सबै सदस्यका साथ काम गरिरहेका छन्। सन्तोषकी पत्नी प्रतिभा बहुचर्चित टेलिभिजन रियालिटी सो ‘हिजो आजका कुरा’की प्रोडक्सन म्यनेजेर थिइन्। उक्त टेलिसिरियल टेलिभिजन इतिहासमा सबैभन्दा बढी रुचाइएको मानिन्छ।
‘आजका कुरा’बाट ‘हिजो आजका कुरा’मा बनेको उक्त सो निर्माणमा साकार लाइट समात्नेदेखि साउन्ड म्यानसम्मको भूमिका थिए। सन्तोषले २१ वर्षमा प्रतिभासँग विवाह गरेका थिए। प्रतिभा शिक्षिका थिइन्। सन्तोषको जेठो सन्तानको रूपमा छोरी सदीक्षा जन्मिइन्। तर, सात वर्षको कलिलो उमेरमै स्कुलबाट फर्कने क्रममा काठमाडौंको चक्रपथमा भएको एक दुर्घटनामा उनको निधन भएको थियो। अहिले सन्तोषका एक छोरा र एक छोरी छन्। कान्छो छोराले लिंग परिवर्तन गरी छोरी बनेका छन्। यसमा सन्तोष खुसी नै छन्। भन्छन्, ‘मै कहिल्यै सन्तानको इच्छाविपरीत गइनँ, उनीहरुले जे चाहे त्यही मानें।’
परिर्वतन आफैंबाट सुरु गर्नुपर्छ भन्ने सन्तोषको मान्यता छ। नेपाली सेनामा जागिर पाएपछि उनी आफ्नो कलाकारिताको भविष्य सुरक्षित भएको ठान्छन्। सेनाको जागिरबाट अवकाश पाएको त्यो दिन आफूले कहिल्यै भुल्न नसक्ने उनी बताउँछन्। भन्छन्, ‘त्यो २०७२ वैशाख १२ को दिन थियो, जुन मैले मात्र होइन, कसैले बिर्सन सक्दैनन्। अहिले उनी सेनाकै एक कार्यक्रम ‘माटोले माग्दैन आफैं दिनुपर्दछ’मा व्यस्त छन्।
सन्ताको इच्छालाई स्वतन्त्र छाडिदिनुपर्ने उनी बताउँछन्। छोराबाट छोरी बन्नुमा पनि उनी सन्तानकै सुख मान्छन्। भन्छन्, ‘आमाबुवा भएपछि आफ्ना इच्छा छोराछोरीमा लाद्नु हुँदैन। उनीहरुको चाहना बुझ्नुपर्छ।’ समाजमा व्याप्त विकृतिले युवा जमातमा असर पारेकोमा सन्तोष दुःख मान्छन्। भन्छन्, ‘अधिकारका नाममा पतिपत्नीबीच प्रेमको दूरी बढ्दै छ।’ उनले ठट्यौली पारामा भने,  ‘जसले गर्दा छोरा(साकार)बिहे गर्न डराएको छ।’ यस कार्यक्रममार्फत उनले छोरा साकारका लागि बुहरी खोजी पनि गरिएको बताए।  बाँकी कार्यक्रम सम्बन्धहरूको भिडियोमा.............   
 

 

प्रकाशित: ९ फाल्गुन २०७५ १२:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App