भिडियो रिपोर्ट: बिश्वास खनाल
उपत्यकामा पछिल्ला दिनहरूमा अत्याधिक प्रदुषण बढेको छ। कतिपय स्थानहरूमा प्रदुषण मापन मेसिन राखिएपनि धेरैलाई यसबारे जानकारी छैन्। आखिर के हो त यो मेशिन, अनि कसरी मापन गर्छ प्रदुषण। हरिश सन् २००२ मा अमेरिका अध्ययनका लागि गएका थिए। चार वर्षपछि फाइनान्समा ब्याचलर्स गरेर उनी नेपाल फर्किए।
काठमाडौंमा हुर्केका उनी नेपालमै केही गरौं जस्तो लागेर स्वदेश फर्किएका थिए। ‘यहाँ आउँदा सबै कुरा अर्कै जस्तो, आफू नै पराई जस्तो लाग्यो,’ उनले भने ‘दुई वर्षपछि त वाक्क दिक्क भएर मलाई अमेरिका फर्कौं भन्ने लागेको थियो।’ व्यापारसँगै सिर्जनशील उद्यममा उनको रुची थियो। काठमाडौं महानगरपालिका र सडक विभागसँग मिलेर हरिश अग्रवालले सोलारसहितका स्मार्ट डस्टबिन राखेका हुन्। डस्टबिनमा तपाईंले आफ्नो मोबाइल पनि चार्ज गर्न सक्नुहुन्छ। त्यसको स्क्रिनमा काठमाडौंको हावामा प्रदुषणको मात्रा र तापक्रम पनि देखिन्छ। डस्टबिनको अगाडितिर विज्ञापन छ भने पछाडिपट्टी महानगर र सरकारी सूचना राखिएको छ। ‘विज्ञापन राखेर नै यसको लागत र सञ्चालन खर्च उठाउने लक्ष्य छ,’ ‘धेरैलाई बानी परेको छैन् तैपनि फोहोर जम्मा हुन थालेको छ, पछि मान्छेलाई फोहोर डस्टबिनमै फाल्ने बानी पर्छ नि हरिश भन्छन।’
प्रकाशित: २२ माघ २०७५ ०४:४८ मंगलबार





-600x400.jpg)