७ वैशाख २०८१ शुक्रबार
भिडियो

मेयर बालेन्द्रको विचार राम्रो छ, प्रक्रिया र शैली मिलेन: सुमन सायमी

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको विचार राम्रो भए पनि सो अनुसारको कार्यान्वयनको प्रक्रिया र शैली नमिलेको अभियन्ता सुमन सायमीले बताएका छन्। जनप्रतिनिधि जनताका पिता भएपनि काठमाडौं महानगर प्रमुख बालेन्द्रले जनभावना बमोजिम काम नरेको सायमीको आरोप छ।

‘विचारहरू धेरै राम्रो छ उहाँको, योजना पनि राम्रो थियो। तर प्रक्रियार शैली नमिलेर जनताले अहिले दुःख पाएका छन्। गरी खानपाएका छैनन्। पार्किङको समस्या हटाउन खोज्नु त राम्रो हो तर उचित व्यवस्थापन भएन’, सायमीले भने।

महानगरपालिका प्रमुखले अदूरदर्शिता, स्वइच्छाचारी र निरंकुश किसिमले चल्न खोजेका कारण आफूहरू आन्दोलित हुनुपरेको सायमीको भनाइ छ। संविधानले व्यवस्था गरेको मौलिक हकहरू सम्पत्तिको हक, आवासको हक विरुद्ध मेयरले काम गरेको सायमीको आरोप छ।

प्रकाशित: १७ माघ २०७९ १३:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App