१ पुस २०८२ मंगलबार
image/svg+xml
प्रविधि

प्रधानमन्त्रीको सचिवालयले नै फेसबुक चलाएपछि ...

यतिबेला नेपालमा सामाजिक सञ्जाल सञ्चालनमा रोक गरिएको विषय चर्चामा छ । हुन पनि दूरसञ्चार प्राधिकरणले आफ्नो सेवा अन्तर्गतको इन्टरनेट र डेटा प्याकेजबाट सरकारको निष्क्रिय सूचीमा रहेका सामाजिक सञ्जाल बन्द गरेको छ ।  

एनसेलले पनि बिहीबार नै सूचना जारी गरी ग्राहकहरूलाई सर्वोच्चको आदेश र सरकारको निर्णय बमोजिम आफूहरुले निर्देशन पालन गरेको उल्लेख गर्दै निष्क्रिय पारिएका सामाजिक सञ्जाललाई रोक लगाएको छ ।  

इन्टरनेट सेवा प्रदायकले पनि धमाधम ग्राहकलाई सूचना पठाउँदै सामाजिक सञ्जाल नचल्ने बनाएका छन् । तर यही सरकारको नेतृत्वकर्ता प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले भने खुलमखुल्ला फेसबुकमा आफ्ना गतिविधिको प्रचार गरिरहेको छ ।  

सबैतिर फेसबुक बन्दको चर्चा गर्दा एमालेको जारी विधान महाधिवेशनको उद्घाटन सत्रमा तस्बिरसहित प्रधानमन्त्रीको सचिवालयले आफ्नै नेतृत्वको सरकारले गरेको निर्णय कार्यान्वयलाई जिस्क्याएको छ ।

प्रधानमन्त्रीको सचिवालयले ‘एमालेको दोस्रो विधान महाधिवेशन सुरु’ क्याप्सनमा १५ तस्बिर राखेको छ ।

त्यसो त फेसबुक प्रयोगकर्ताले प्रधानमन्त्रीको सचिवालयलाई नै प्रश्न उठाएका छन् । कमेन्टमार्फत उनीहरूले प्रश्न गरेका छन् ।

थापा निरञ्जनले भनेका छन्, ‘जनतालाई फेसबुक बन्द गरेर बाले एक्लै चलाउने ।’

त्यस्तै प्रकाश भण्डारीले प्रश्न गरेका छन्, ‘भीपीएन प्रयोग गरेर सचिवालयले पोस्ट गरेकै छ । बन्द कसको लागि गर्ने ?’ त्यसैगरि अञ्जु सुनारले पनि ‘एक्लै फेसबुकमा राज गर्न खोजेजस्तो छ त बा!’  

नेपालमा अहिले करिब करिब फेसबुक नचलेको अवस्था छ । यही अवस्थामा पनि प्रधानमन्त्रीको सचिवालयमा पोस्टकै तल सरकारको निर्णय कार्यान्वयनम प्रधानमन्त्रीको सचिवालय नै बाधक भन्ने आसयका प्रश्न उठिरहेका छन् । 

प्रकाशित: २० भाद्र २०८२ १५:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App