२ पुस २०८२ बुधबार
image/svg+xml
प्रविधि

केटीसाथीलाई प्रेम सन्देश पठाउन केटाका लागि छुट्टै एप

बेलायत–आफ्नी केटीसाथीलाई सधैंभरी खुशी राख्न एक धेरै पटक म्यासेज पठाउ चाहनुहुन्छ भने त्यो काम सजिलो छैन। कहिले काँही तपाइ साथीसँग हुँदा आफ्नी केटीसाथीको विषयमा सोच्ने फुर्सद हुँदैन।यस्तो अवस्था उनका खबर कसरी थाहा पाउनु ? तर अब चिन्ता नलिनुस । यो समस्याबाट मुक्ती पाउन ब्रो–ऐप तपाइको साथी बन्न सक्छ । एन्ड्रोयड फोनमा तपाई निशुल्क डाउनलोड गर्न सक्नुहुन्छ । आइफोनको लागि भने तपाईले ६५ रुपैंया दिनुपर्छ । यो ऐपको काम एउटामात्र छ । जव तपाई व्यस्त हुनुहुन्छ भने यो एप तपाईकी केटीसाथीलाई मायाले भरिएको सन्देश पठाउँछ। त्यसपछि तपाई पनि खुशी अनि तपाइकी केटी साथी पनि खुशी ।

त्यसका लागि इन्टल गरेपछि आफ्नी केटीसाथीको फोननम्बर ऐपमा फिड गर्नुस । त्यसपछि तपाई पाँच वटा म्यासेजलाई छान्नुस । त्यसपछि ती म्याजेस तपाइको केटीसाथीकोमा पुग्छ । म्यासेजसँगै समय पनि बताउनुपर्छ । तर यो ऐप केवल केटाहरुकालागि मात्र उपलब्ध छ । त्यो पनि आफ्नी केटी साथीलाई खुशी राख्नको लागि । यसबाट केटीसाथी निरास नहुनुस, किनभने केटीहरुकालागि पनि यो ऐप छिटै बजारमा आउँदै छ ।

प्रकाशित: २६ श्रावण २०७२ ०३:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App