के साँच्चै विन्डोज १० ले तपाइँको व्यक्तिगत विवरण र कम्प्युटरको सूचनामा माइक्रोसफ्टलाई पहुँच दिन्छ? सूचना प्रविधिका धेरै विज्ञहरु विन्डोज १० मा भएको ओएसको प्राइभेसी सेटिङ्सको माध्यमबाट माइक्रोसफ्टले आफ्नो उत्पादनका प्रयोगकर्ताको व्यक्तिगत विवरणमाथि पहुँच राख्ने बताइरहेका छन्।
विन्डाेज १० अपरेटिंग सिस्टम स्मार्टफाेनका लागि पनि रहेको छ
हुन त यसअघिको विन्डोज ८.१ मा पाँच ठाउँमा प्राइभेसी सेटिङ्सको ध्यान पुर्याउनुपथ्र्यो। ती पाँच स्थानहरु थिए जनरल, लोकेसन, वेबक्याम, माइक्रोफोन तथा अदर डिभाइसेस। विन्डोजस १० मा प्राइभेसी सेटिङ्सका क्षेत्र बढाएर १२ पुर्याइएको छ। प्राइभेसी सेटिङ्सका सबै बटम डिफल्ट पारिएको छ। अर्थात् यी बटन तपाइँले अफ गर्नुभएन भने ती स्वत अन रहनेछन्।
विन्डोज १० मा माइक्रोसफ्टले इन्टेलिजेन्ट पर्सनल असिस्टेन्ट कोर्टाना नामक एउटा विशेष सेवा थप गरेको छ। यसको माध्यमबाट माइक्रोसफ्टले तपाइँको बारेमा धेरै सूचना थाहा पाउनेछ। कोर्टानाले तपाइँको क्यालेन्डर, आवाज, ह्यान्डराइटिङ सबैको बारेमा जानकारी खोज्नेछ। यसलाई अनिवार्य भने गरिएको छैन। त्यसमा तपाइँ जानकारी दिन पनि सक्नुहुन्छ र नदिन पनि।
माइक्रोसफ्ट तपाइँसँग जान्न चाहन्छ ब्याकग्राउन्डमा जुन एप्स चलिरहेको छ अथवा तपाइँ त्यसको प्रयोग गरिरहनु भएको छैन भने त्यसको जानकारी माइक्रोसफ्टलाई पठाउन जरुरी छ ? यसरी सेवा प्रदायकसँग सम्पर्क बढाउँदा पनि तपाइँको व्यक्तिगत विवरण माइक्रोसफ्ट समक्ष पुग्ने धेरै सम्भावना रहन्छ। त्यसैले यसलाई अफ राख्नु नै राम्रो हुनेछ। किनभने त्यसले तपाइँको डिभाइसको ब्याट्रीलाइफ स्वात्तै घटाइदिनेछ।
तपाइँ आफ्नो व्यक्तिगत विवरण गोप्य रहोस् भन्ने चाहनुहुन्छ भने विन्डोज १० मा धेरै सोचविचार गरेर मात्र आफ्नो व्यक्तिगत विवरण दिनोस्। फेसबुक वा गुगलमा पनि अती जरुरीबाहेक व्यक्तिगत विवरण दिन उत्साही नहुनुहोस्।
प्रकाशित: १९ श्रावण २०७२ २१:२२ मंगलबार





