सयौंको संस्ख्यामा खिचिएको ती फोटाहरु मध्ये संग्रहणीय फरक फरक एंगलका फोटाहरु तापईलाई छनोट गर्न निकै कठिनाइ भइरहेको हुन सक्छ। यस्ता फोटाहरु छनोट गर्न र उस्तै फोटा एकभन्दा बढी भए डिलिट गर्न तपाइँले अब मोबाइल एपको प्रयोग गर्न सक्नुहुने भएको छ।

एन्ड्रोइड मोबाइलका लागि गूगलले प्ले स्टोरमा डुप्लीकेट इमेज फाइन्डर एप ल्याएको छ। र, अर्काे तपाईको फोनका लागि काम गर्ने एप पनि विकसित भएको छ। आम मानिसका लागि फ्रि भर्सनमा रहेको एपले काम चल्छ। तर, तपाईं पेशेवर हुनुहुन्छ भने तपाईका लागि यो एप किन्नु पर्ने हुन्छ। किनभने उक्त एपबाट तपाई अरु पनि धेरै काम गर्न सक्नु हुनेछ।
डेस्कटप वा ल्याप्टपका लागि डुप्लीकेट क्लिनर सहयोगी हुन सक्छ। त्यसमा तपाईंले सेटिङ बदलेर डुप्लीकेट तस्विर खोजेर पत्ता लागनु सक्नुहुन्छ। डुप्लिकेट फाइन्डरले तपाईंको फोल्डरमा रहेका तस्विर मध्ये क्रप गरिएको हो वा सक्कली हो भन्ने विषयमा पनि पत्ता लगाइदिन्छ।
प्रकाशित: २८ असार २०७२ ०२:५२ सोमबार





