मस्को–खतरनाक वा जोखिमयुक्त ठाउँमा सेल्फीका सोखिन युवाको सेचत गर्न रुसी सरकारले एक अभियान संचलान गरेको छ । रुपमा सेल्फीको चक्करमा धेरै युवा घाइत भएका र केही त मृत्यु नै भएको समाचार बाहिर आएपछि सरकारले युवालाई सचेत पार्ने अभियान संचालन गरेको हो ।सेल्फी खिच्ने क्रममा धेरै युवा घाइते र केहीको मृत्यु भएपछि सुरु गरिएको अभियानले दिएको सन्देशमा भनिएको छ,'सोशल मिडियामा दश लाख लाइक्स आएपनि त्यो भन्दा आफू सुरक्षित हुनु धेरै महत्वपुर्ण हो ।' मस्कोमा यसवर्ष मई महिना २१ वर्षीया एक युवतीले सेल्फीको चक्करमा आफ्नो ज्यान गुमाइकी थिइन ।
अधिकारीहरुका अनुसार एक युवतीले बन्दुकसँग सेल्फी दिने कोशिस गर्दा अचानक बन्दुक पड्किँदा ती युवतीको मृत्यु भएको बीबीसीले जनाएको छ ।रुसमा यस्तो घटना पनि सार्वजनिक भएको छ, बच्चाले रेलको डिब्बामाथि चढेर सेल्फी लिँदै गर्दा उनलाई करेन्ट लागेको थियो । रुसको गृहमन्त्रालयले भनेको छ,' आज प्रविधिको कारणले फाइदा भएको छ तर चुनौति र खतरा पनि पैदा भएको छ । यस्तोमा हाम्रो बुकलेट तपाईलाई याद दिलाउँछ कि सुरक्षित तरिकाले मात्र सेल्फी खिचौं ।'
प्रकाशित: २३ असार २०७२ ०३:२४ बुधबार