सन् १९१४ मा एचजी वेल्सको पुस्तक 'द वल्र्ड सेट फ्री' प्रकाशित भयो। उक्त पुस्तकमा उनले युरेनियमबाट बन्ने एक यस्तो बमको परिकल्पना गरेका थिए कि जुन अनन्त कालसम्म पड्किरहन्छ। यस्तो बमको शक्ति पनि असीमित हुने उनको परिकल्पना थियो।
हवाई जहाजबाट बमबारीको कल्पना
यति मात्रै होइन, वेल्सले त यहाँसम्म सोचेका थिए कि त्यस्तो बमलाई हवाइजहाजबाट जमीनमा फ्याकिन्छ। तर, वेल्सले सायद यो कुरा सोचेका थिएनन् कि उनका एक साथी विंस्टन चर्चिल र भौतिक शास्त्रका एक वैज्ञानिक लियो स्जिलर्डले उनको परिकल्पनालाई वास्तविकतामा परिणत गरिदिने छन्।
त्यस समय ठोस पदार्थ निकै ससाना कणहरुबाट बनेका हुन्छन् भन्ने ठानिन्थ्यो। विज्ञान संग्रहालय क्यूरेटर एंड्रयू नैहमले भनेका थिए, 'रदरफोर्डको परमाणुमा सघन न्यूक्लियस हुन्छन् भन्ने थाहा पाइएपछि त्यो एक स्प्रिङजस्तो हुन्छ भन्ने ठानियो।'
एचजी वेल्स नयाँ नयाँ अनुसन्धानबाट निकै प्रभावित थिए। उनले आउँदा आविस्कारहरुका विषयमा पहिलनै अनुमान लगाउने गरेको कुरा पनि थाहा पाइन्छ। उनले अनुमान गरेको आउँदो आविस्कार कति पटक त सही सावित भएको पनि पाइन्छ।
वेल्स–चर्चिल भेट
ब्रिटिश राजनेता चर्तिलले एचजी वेल्सको नोट पढेपछि निकै प्रभावित भए। उनी आफू पनि साहित्यकार थिए। उनले वेल्ससँग भेट पनि गरेका थिए। नरिवल आकारको परमाणु बमको बारेमा सबैभन्दा पहिलो कल्पनाकारको श्रेय ग्राहम फार्मलोलाई जान्छ। तर, यो एचजी वेल्सको पुस्तकसँग सिधै रुपमा जोडिएको थियो।
बेलायती वैज्ञानिकहरुले १९३२ मा परमाणुलाई छुट्याउने कार्यमा सफलता हात पारे। यद्यपी, त्यतिबेला परमाणुले ठूलो शक्तिको ऊर्जा पैदा हुन्छ भन्नेमा धेरैले विश्सास गरेका थिएनन्।
त्यही वर्ष हंगेरीका वैज्ञानिक लियो स्जिलर्डले वेल्सको पुस्तक 'द वल्र्ड सेट फ्री' पढेका थिए। उनले परमाणु छुट्याउने कार्यबाट निकै ठूलो शक्तिको ऊर्जा प्राप्त हुन्छ भन्ने कुरा उनले पत्ता लगाए। र, यस विषयमा एक लेख पनि लेखे, जुन वेल्सको विचारसँग निकै नजिक थियो।
चेन रिएक्शन
स्जिलर्डले नै सेप्टेम्वर १९३३ मा 'चेन रिएक्सन'को विषयमा कुरा गरेका थिए।
उनले लन्डनको रसेल स्क्वायरमा ट्राफिक संकेत देखेपछि उनको दिमागमा यो विषय आएको थियो। 'मेरो मनमा एकाएक यस्तो विचार पैदा भएको च कि यदी परमाणुलाई न्यूट्रोनबाट छुटाउँ, त्यसबाट दुई न्यूट्रोन निक्लिने छ र त्यसमध्ये एक न्यूट्रोन निस्किएर फेरी यस्तै गर्न लागियो भने न्यूक्लियर चेन रिएक्शन शुरु हुनेछ।'
विरोध प्रदर्शन
ठीक यही समय नाजीहरुको दबाद बढीरहेको थियो। स्जिलर्ड यस कुराले निकै तनाबमा परेका थिए। १९४५ मा बेलायती संसदीय चुनाव हारे। बेलायतको नयाँ प्रधानमन्त्री क्लिमेन्ट एटलीले लस एलामोसका वैज्ञानिकहरुलाई न्यून बजेटमा नै सही परमाणु बम बनाउन आग्रह गरे।
एचजी वेल्सको मृत्यु १९४६ मा भयो। उनी त्यस समय 'द शेप अफ थिंग्स टु कम' फिल्ममा काम गरिरहेका थिए। उनले त्यस फिल्ममा पनि यस्तो बमको कुरा गरेका थिए।
प्रकाशित: २२ असार २०७२ ०३:५२ मंगलबार





