२६ पुस २०८२ शनिबार
image/svg+xml
प्रविधि

तीब्र फेसवुकका लागि नयाँ एप

काठमाडौं-तपाईको फेसवुक अकाउन्ट सुस्त गतीमा चल्छ? अब चिन्ता लिनु पर्दैन। एन्ड्रोइड फोनको लागि नयाँ एप्तलीकेशन आएको छ। 'फेसवुक लाइट' नामको एपको लागि जम्मा १३५ किलोवाइट स्टोरेज आबस्यक पर्छ।
यो एपको माध्यमबाट इन्टरनेट सुस्त भएको अवस्थामा पनि मोवाइलमा सामान्य रुपमै फेसवुक चलाउन सकिनेछ। यो एप पहिला युरोपका प्रयोगकर्ताहरुबीच लगिएको थियो। त्यसपछि ४ जुनबाट ल्याटिन अमेरिका, अफ्रीका र अमेरिकाको बजारमा लगिएको छ। भारत र फिलिपिन्समा समेत आइसकेको छ।
फेसवुकको हालको भर्सनको लागि ३० एमबी स्टोरेज आवस्यक पर्छ। यसको अलवा च्याट गर्न म्यासेन्चर चाहिन्छ।
फेसवुक लाइटमा सामान्य भर्सनका सबै फिचर भने छैनन्। न्यूज फीड, स्ट्याटस अपडेट, फोटो र नोटिफिकेसन जस्ता फिचर भने छन्।

प्रकाशित: १५ असार २०७२ ०५:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App