युट्युवको यो च्यानलमा भिडियो गेमका धुरन्धरहरुलाई विशेष व्यवस्था समेत गर्ने बताएको छ। स्टार प्लेयरले आफ्नो क्षमताका बारेमा च्यानलमा जानकारी समेत गराउन सक्नेछन्।
भिडियो गेमको बजारमा सोनी, सेगा तथा निनटेन्डो जस्ता कम्पनिले आफ्नो प्रभाव जमाएका छन्। युट्युव नयाँ तरिकाले गेमको बजारमा आउँदा भिडियो गेम बजारमा धेरै कुरा परिवर्तन हुने अनुमान गरिएको छ।
अमेजनले अघिल्लो बर्ष ट्विचको १२००० करोडमा किनेको थियो। ट्विचमा विश्वभर हरेक महिना साडे चार करोड मानिसले गेमको ब्रोडकास्ट गर्ने गरेका थिए। र एक दोस्रोलाई गेममा हराउन तल्लिन रहन्थे। ट्विचमा अनलाइन गेमिङ च्याम्पियनसिप समेत हुने गर्थो। च्याम्पियनलाई नगद पुरस्कार समेत दिने गरिन्थो। २०१५ मा अनलाइन गेमिङ बजार अझै ठूलो हुने अनुमान गरिएको छ।
प्रकाशित: ३२ जेष्ठ २०७२ ०८:२८ सोमबार





