८ पुस २०८२ मंगलबार
image/svg+xml
प्रविधि

युवा पुस्तामाटि्वटरभन्दा गूगल प्लस लाेकप्रिय

काठमाडौं–युवा पुस्ताबीच टि्वटरभन्दा धरै गूगल प्लस लोकप्रिय भएको छ। सफ्टवेयर निर्यातक कम्पनी टिसिएसले गरेको सर्वेक्षणले युवा पुस्तामा टि्वटरभन्दा गूगल प्लप लोकप्रिय रहेको पाइएको हो।

उक्त सर्वेक्षणका अनुसार सबैभन्दा लोकप्रिया सोशल नेटवर्किङ वेबसाइट फेसबुक रहेको छ भने दोस्रो नम्बरमा गूगल प्लस र तेस्रो नम्बरमा टि्वटर छ। टिसिएसले सो सर्वेक्षण १४ शहरमा ८ कक्षादेखि १२ कक्षामा अध्ययनरत १२ हजार ३ सय ६५ विद्यार्थीबीच गराएको थियो। जसमा ९० प्रतिशत विद्यार्थीले फेसबुक, ६५ प्रतिशत विद्यार्थीले गूगल प्लस र ४४ दशमलव १ प्रतिशतले टि्वटर चलाउने बताएका थिए।

सर्वेका अनुसार ४५ दशमलव ५ प्रतिशत विद्यार्थीले आफूहरु स्कुलको काम गर्नसमेत सोशल नेटवर्किङ वेबसाइटको प्रयोग गर्ने बताएका थिए। ६३ दशमलव १ प्रतिशत विद्यार्थीले स्टडी मेटेरियलयका लागि विकीपिडियाो साहारा लिने गरेका छन भने ५० दशमलव ९ प्रतिशत विद्यार्थी पिडिएफ तथा ४४ प्रतिशत अनलाइन भिडियोको साहारा लिने गरेको सर्वेक्षण देखाएको छ।

अनलाइन शपिङका लागि ७२ प्रतिशत मानिस इलेक्ट्रोनिक गजेट,६१ दशमलव २ प्रतिशत किताव तथा ४१ दशमलव ३ प्रतिशत टिकट किन्न सोशल नेटवर्किङ वेबसाइटको प्रयोग गर्ने गरेका छन भने उता ह्वाट्सअप सबैभन्दा ठुलो म्यासेजिङ एपको रुपमा अगाडि आएाके छ। ७२ प्रतिशत मानिसले ह्वाट्सअपलाई मन पराएका छन जसमा ४१प्रतिशत महिला रहेका छन्।

प्रकाशित: ११ जेष्ठ २०७२ ००:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App