'नेक्स्ट थिंग'नामक कम्पनीले उक्त प्रोजेक्टलाई अन्तिम रुप दिइरहेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । कम्पनीले उक्त कम्प्युटर २०१६ को सुरुवातमै बजारमा ल्याउने तयारी गरेको छ । यो कम्प्युटरको पहिलो भर्सनमा एक गिगाहर्जको प्रोसेसर, ५१२ एमबी ¥याम र ४ जिबीको स्टोरेज क्षमता हुनेछ ।
बजारमा सानो आकारको कम्प्युटरको होडबाजी नै चलेको छ । यसैको उदाहरण यो उत्पादनलाई लिन सकिने विज्ञहरुले बताएका छन् । यसले बेयरबोन कम्प्युटर 'रास्पबेरी पाइ'लाई चुनौती दिनसक्ने समेत विज्ञहरुले औंल्याएका छन् । यसमा 'पाइ'मा नभएको वाइफाइ र ब्लुथुत सुविधा पनि समावेश गरिएको छ ।
प्रकाशित: ६ जेष्ठ २०७२ २३:३१ बुधबार





