१ माघ २०८२ बिहीबार
image/svg+xml
प्रविधि

फेसबुक ल्यायो कलआइडी एप 'हेलो'

फेसबुकले एन्ड्रोइड प्रयोगकर्ताका लागि नयाँ कलर आइडी एप लन्च गरेको छ। एपमा फेसबुक डाटाको कसले प्रयोग गरिरहेको थाहा पाउने एवं अनावश्यक कललाई ब्लक गर्ने फिचर छन्। फेसबुकको यो नयाँ एपको नाम 'हेलो' रहेको छ।

एपले फेसबुक प्रोफाइलबाट इनकमिङ र आउटगोइङ कलको फोन नम्बर म्याच गरेर तपाइँ कोसँग कुरा गर्दै हुनुहुन्छ देखाउनेछ।

facebook
यो फेसबुक फिचर त्यतिबेला मात्र काम गर्छ जब कलरले आफ्ना फोन नम्बर फेसबुकसँग सेयर गर्छ। जस्तैः यदि तपाइँले फेसबुकमा आफ्नो नम्बर सार्वजनिक रुपमा सेयर गर्नु भएको छ भने हेलो एपलाई तपाइँले फोन गरिरहेको थाहा हुनेछ। नम्बर सेभ नभए पनि फेसबुकले त्यो सहजै बुझ्नेछ।

हेलो एप डाउनलोड हुनासाथ तपाइँ फेसबुकमा साइन इन गरेर आफ्नो सम्पर्क नम्बरहरुलाई सिङ्क गरी कल गर्न अनुमति दिन सक्नुइहुन्छ। यो एप फेसबुकको म्यासेन्जर टिमले बनाएको हो। हेलोले सेभ नभएको नम्बरबाट फोन आउँदा पनि प्रयोगकर्तालाई फोन आएको जानकारी गराउनेछ।

प्रकाशित: १० वैशाख २०७२ ०६:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App