२३ पुस २०८२ बुधबार
image/svg+xml
प्रविधि

माइक्रोसफ्ट–याहू साझेदारी परिमार्जित

विश्व सफ्टवेयर बादशाह माइक्रोसफ्ट र याहू इन्कबीच २००९ देखि शुरु भएको साझेदारी नीतिमा केही परिमार्जन गरिएको छ। पछिल्लो सं‌शोधनपछि डेस्कटप कम्प्युटर र मोबाइलको सर्च नतिजामा याहूको नियन्त्रण बढेको छ।

माइक्रोसफ्टका पूर्व प्रमुख कार्यकारी अधिकृत(सीईओ) स्टीभ बोल्मर र याहूका पूर्व सीईओ क्यारोल बार्टजले यस पार्टनरशिप १० वर्षका लागि गरेका थिए। आवश्यता परे यस्तो पार्टनरशिप ५ वर्षपछि पनि अन्त्य गर्न सकिने सहमती त्यसैबेला भएको थियो। गतसाता दुबै कम्पनीले पुनः छलफलका लागि ३० दिने म्याद तय गरेका थिए। 

यसअघि याहूको वेवसाइटमा खोज नतिजाको नियन्त्रण माइक्रोसफ्ट बिङले लिएको थियो। पार्टनरशिप परिमार्जनपछि माइक्रोसफ्टको बिङले एड प्लेटफर्मका माध्यमबाट दिइने विज्ञापनमाथि नजर राख्नेछ। यसअघि बिंग सर्च एडको काम याहूसँग थियो।

दुबै कम्पनी यसवर्षको ग्रिष्ममा सेल्स ट्रान्जिशनको योजना बनाइरहेका छन्। पुरानो डिलअनुसार दुवै कम्पनीबीच मुनाफा बाँडफाँट सम्झौतामा पनि हस्ताक्षर भएको थियो। उक्त सम्झौताअनुसार माइक्रोसफ्ट बिङ एडबाट हुने कमाइको केही अंश याहूलाई पनि दिनुपर्ने व्यवस्था गरिएको थियो। यस्तो सम्झौता अबका दिनमा पनि जारी नै रहने जनाइएको छ।

शेयर बजारमा भने दुवै कम्पनीको शुरुआत राम्रो देखिएन। दुवै कम्पनीको शेयर मूल्यमा शुक्रबार गिरावट देखिएको छ।

प्रकाशित: ४ वैशाख २०७२ ०४:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App