२७ पुस २०८२ आइतबार
image/svg+xml
प्रविधि

मोजिल्ला अध्यक्षद्वारा राजीनामा

वासिङ्टन- मोजिल्ला फायरबक्सले गुगल क्रोम, माइक्रोसफ्टको इन्टरनेट एक्सप्लोरर र एप्पलको सफारीसँग प्रतिस्पर्धा गर्न केही परिवर्तन गर्ने भएको छ। अन्य सर्च इन्जिनको तुलनामा मोजिल्ला कमजोर भएको विज्ञहरुले औंल्याएपछि मोजिल्लाले केही परिवर्तन गर्ने भएको हो।

परिवर्न हुने भएपछि कम्पनीका अध्यक्ष लि गोङ र कम्पनीका मोबाइल भाइस प्रेसिडेन्ट रिक फन्टले राजीनामा दिएका छन्। ‘लि गोङ र रिक फन्टले अन्य अवसरका लागि कम्पनी छोड्नुभएको हो,’ कम्पनीका सिइओले भनेका छन्, ‘उहाँहरुले कम्पनीमा रहँदा दिएको योगदानप्रति हामी आभारी छौं। आगामी दिनमा उहाँहरुको प्रगतिको कामना गर्छौं। फायरबक्स ओएस (फायरबक्सको नयाँ संस्करण)का लागि भाइस प्रेसिडेन्ड नियुक्ति गर्दैछौं।’ अध्यक्ष गोङ २००७ देखि मोजिलासँग आबद्ध थिए।

कम्पनीले पुरानो टिमले फाइटब्याकको नाममा चलाएको प्रचार पनि कमजोर भएको आरोप लगाएको छ। मोजिलाले आगामी मे महिनासम्म क्युटु प्रविधि लागू गर्ने जनाएको छ।

प्रकाशित: ३ वैशाख २०७२ ००:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App