३० पुस २०८२ बुधबार
image/svg+xml
प्रविधि

फेसबुकभित्र एकीकृत हुँदै ह्वाट्सएप

न्युयोर्क— मोबाइल म्यासेजिङ सेवा प्रदायक ह्वाट्सएपलाई फेसबुकले आफैँभित्र एकीकृत गर्न लागेको छ। एन्ड्रोइड एपमा फेसबुकले अहिले ह्वाट्सएपको एकीककरण परीक्षण गरिरहेको हो।

 

सोसल नेटवर्किङ साइटको 'सेन्ड' बटनसँगै ह्वाट्सएपको आइकन देखिनेछ। विश्वकै सबैभन्दा ठूलो सोसल साइटमा ह्वाट्स एपलाई स्ट्याटस अपडेटको एउटा हिस्साको रुपमा विकसित गर्न लागिएको हो।

फेसबुक एन्ड्रोइड भर्सनममा दायाँपट्टि प्रयोगकर्ताले यो नयाँ बटन देख्नेछन्। फेसबुकले ह्वाट्स एप किनेको एक वर्षपछि यसलाई आफूभित्र एकीकृत गर्न लागेको हो। यसलाई म्यासेज बजारको दिगो विकास र बजार नियन्त्रण गर्ने पहिलो कदमको रुपमा हेरिएको छ।

whatsapp

प्राविधिकको टोलीले ह्वाट्स एप र फेसबुकबीच म्यासेज पठाउने क्षमता विकासका लागि पहिलैदेखि काम गर्दै आएका थिए।

७०० मिलियन मासिक सक्रिय प्रयोगकर्ता भएको ह्वाट्स एपलाई गत वर्षको फेब्रुअरीमा फेसबकुले २० बिलियन अमेरिकी डलरमा किनेको थियो। फेसबुक म्यासेन्जरसँग ६०० मिलियन मासिक सक्रिय प्रयोगकर्ता छन्।

प्रकाशित: २२ चैत्र २०७१ ०८:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App