३ माघ २०८२ शनिबार
image/svg+xml
प्रविधि

फेसबुक करिब ४५ मिनेट संसारभर चलेन

काठमाडौं- आज करिब १२ बजेदेखि विश्वकै नम्बर एक सामाजिक सञ्जाल फेसबुक करिब ४५ मिनेट डाउन भएको छ। फेसबुकले आफ्नो वेवसाइटबाट फेसबुक र इन्ट्राग्राम केही समय नचलेको जानकारी गराएको छ। फेसबुक संसारभर नै नचलेपछि प्रयोगकर्ताले अमेरिका, भारतलगायतका ठाउँबाट यसबारे रिपोर्ट गरेका थिए।

समचार एजेन्सी रोयटर्सले फेसबुक कम्पनीले यसबारे आफूहरुलाई जानकारी भएको र केहीबेरमा समस्या समधान हुने जनाएको बताइएको छ।

नेपालमा पनि सबैभन्दा बढी हेरिने समाजिक सञ्जाल फेसबुक एक दिनका लागि बन्द हुनसक्ने यसअघि बताइएको थियो। तर, आज भने केहीबेर अन्य समस्याका कारण फेसबुक डाउन भएको थियो।

फेसबुकले आफ्नो डाटा नीति, कुकिज पोलिसी र विभिन्न शर्तहरू अपडेट गर्ने भएकाले फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई २४ घण्टाका लागि फेसबुक बन्द गर्न सुझाव दिइएको एजेन्सीहरूले जनाएका थिए।

२०१५ को सुरुवातसँगै फेसबुकले आफ्ना प्रयोगकर्तालाई नोटिफिकेसनमार्फत धेरै कुरा परिवर्तन हुने जानकारी दिएको थियो। यसैका आधारमा फेसबुक प्रयोगकर्ताले धेरै सुझावसमेत पठाइरहेका छन्। प्रयोगकर्तालाई ध्यानमा राख्दै फेसबुकले आफ्नो डाटा/नीति र शर्तहरू अपडेट गर्दैछ। जसले प्रयोगकर्तालाई भने सहज हुने अनुमान गरिएको छ। तर, मार्क जुकरबर्गले फेसबुक बन्द गर्ने भन्नेबारे कुनै औपचारिक घोषणा गरेका छैनन्।

प्रकाशित: १३ माघ २०७१ ०१:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App