नयाँ प्रविधिमा आधारित यो स्मार्टफोन उत्पादक सर्च इन्जिन गुगलका कारण चर्चामा थियो। इन्टरनेटबाटै बिक्री गर्ने निर्णयले गुगलको यो सेटले थप चर्चा पाउनसक्यो। इन्टरनेटको माध्यमबाट गुगलले सोझै उपभोक्तासम्म पुगेर बिक्री गर्न चाहेको छ। यसले अन्य मोबाइल उत्पादकलाई दवाव पर्ने विश्लेषकहरुको भनाई छ।
गुगलले आफ्नो वेभसाइटबाट ५ सय २० डलरमा नेक्सस वान बिक्री थालेको हो। बिक्रीमात्र होइन कम्पनीले मोबाइल उपभोक्तालाई मन परे/नपरेको अथवा अन्य समस्या भए सोझै प्रतिक्रिया लिने छ। गुगल सर्च इन्जिन इन्टरनेटका उपयोगकर्ताबीच अभिन्न अंग बनेकाले यसबाट कम्पनीले बढी फाइदा लिनसक्छ।
नेक्ससर वान बाहिर ल्याउनुअघि नै गुगलले यसमा प्रयोग हुने अपरेटिङ सिस्टम एन्ड्राइट सार्वजनिक गरेको थियो। गुगलको यो सेटले आइफोन उत्पादक एप्पल बढी दववामा पर्ने अनुमान गरिएको छ। आइफोनका अलावा स्मार्टफोन बनाउने सबैजसो कम्पनीलाई गुगलको उत्पादनले कडा प्रतिस्पर्धा दिनेछ।
नेक्सस वानमा ५ मेगापिक्सेल क्यामरा छ। उच्च प्रविधिमा आधारित लेन्स राखिएकाले यसको क्यामराले यथार्थ रङ कैद गर्न सक्ने कम्पनीको दावी छ। यसको बनावट पनि बजारमा उपलव्ध अन्य सेटभन्दा फरक छ।
११ दशमलब ५ मिलिमिटर मोटाइ रहेको यो फोन बजारमा उपलव्ध स्मार्टफोनको तुलनामा कम तौलको छ। १ सय ३० ग्रामको नेक्सस वन गुगल र एचटीसी मोबाइलका इन्जिनियरहरुले संयुक्तरुपमा तयार पारेका हुन्।
प्रकाशित: २३ पुस २०६६ ०८:२४ बिहीबार





