२ पुस २०८२ बुधबार
image/svg+xml
प्रविधि

टेलिकम र एनसेलको बजार हिस्सा बराबर

काठमाडौं–टेलिफोन सेवामा नेपाल टेलिकम र एनसेलको समान बजार हिस्सा पुगेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार प्रतिस्पर्धी कम्पनी टेलिकम र एनसेलको ४६/४६ प्रतिशत बजार हिस्सा छ।

प्राधिकरणको तथ्यांक अनुसार टेलिकमको टेलिफोन सेवामा १ करोड २० लाख ३२ हजार ३ सय २ प्रयोगकर्ता छन्। एनसेलको प्रयोगकर्ता १ करोड २१ लाख ३७ हजार ४ सय ८१ छन्। 
इन्टरनेटमा भने नेपाल टेलिकमको बजार हिस्सा बढी छ। डाटा इन्टरनेटमा टेलिकमको ५७.४३ प्रतिशत बजार हिस्सा छ। यसमा एनसेलको बजार हिस्सा ४०.२२ प्रतिशत छ। 

प्राधिकरणको तथ्यांकअनुसार कुल जनसंख्याको ९९.१२ प्रतिशतले दूरसञ्चार सेवा उपभोग गरेका छन्। तर एउटै ग्राहकले विभिन्न सेवा प्रदायकको सिम र सेवा प्रयोग गर्ने हुनाले प्रतिशत बढी देखिए पनि प्रयोगकर्ताको संख्या भने कम छ। यो तथ्यांक २०७१ माघसम्मको हो।

प्रकाशित: २७ जेष्ठ २०७२ २१:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App