काठमाडौं– एनसेलले भुकम्प पश्चातको राहत र पुनर्निर्माण कार्यलाई सघाउन दु्रत गतिको इन्टरनेट सेवा प्रदान गर्ने वायरलेस राउटर तथा डंगोलउपलब्ध गराएको छ।कम्पनीले प्रत्येक डिभाईसमा ५०० एमबी डाटा पनि बोनस स्वरुप प्रदान गरिरहेको छ। वायरलेस राउटर तथा डंगोल सबै एनसेल सेन्टर, एनसेल शप तथा आधिकारीक बिक्रि केन्द्रहरुमा उपलब्ध छन्। एनसेलले उपलब्ध गराइरहेको यी इन्टरनेट डिभाइसहरुले २१.६ एम बी पि एस को डाउनलोड स्पिड तथा ५.७६ एम बी पि एस को अपलोड स्पिडका साथ इन्टरनेट चलाउन सकिन्छ। वायरलेस राउटरले एकै पटकमा १० जना सम्मलाई ईन्टरनेट चलाउन सघाउँछ। साथै यसमा ६ घण्टासम्मको ब्याटि्र ब्याकअप रहेको छ। यी उपकरणहरु विन्डोज र आइओएस अपरेटिङ सिस्टममा चलाउन सकिन्छ र ईन्टरनेटको गति सो ठाउँमा उपलब्ध डाटा स्पिड तथा वाह्य वातावरणमा भर पर्नेछ।
‘प्राकृतिक विपत पश्चातको परिस्थितिमा ईन्टरनेटको उपलब्धताले राहत तथा पुनर्निर्माण कार्यलाई गति दिन महत्वपूर्ण योगदान गर्ने विभिन्न मुलुकका अनुभवले देखाएको छ। त्यसैले विद्यमान परिस्थिति तथा ग्राहकको डाटा मागलाई हृदयंगम गर्दै हामीले यी द्रुत गतिको डाटा उपकरणहरु उपलब्ध गराएका हौं। यसले हाम्रा ग्राहकलाई प्रियजन, व्यवसाय तथा सहयोगी संस्थाहरुसँग सम्पर्कमा रहन सहज बनाउने विश्वास छ,' एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने।
डंगोल २६ सय ९९ र वायरलेस राउटर ५३ सय ९९ रुपैयाँमा उपलब्ध छ। एनसेलको डाटा सिम प्रयोग गरिरहेका ग्राहकले बोनस वापत प्राप्त हुने ५०० एम बी डाटा एनसेल सेन्टरबाट आफ्नै विद्यमान नम्बरमा पनि प्राप्त गर्न सक्छन्।
प्रकाशित: २० जेष्ठ २०७२ २१:४९ बुधबार