२५ पुस २०८२ शुक्रबार
image/svg+xml
प्रविधि

मोबाइल कार्निभलमा ५ करोडको कारोबार

काठमाडौं– मोबाइल कार्निभल २०१५ को तेस्रो दिनसम्म ५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको मेला आयोजकले बताएका छन्। सो अवधिमा पाको, न्युरोड, ताम्राकार कम्प्लेक्स तथा पिपुल्स प्लाजा क्षेत्रमा करिब ५ लाख मानिसले मेला अवलोकन गरेका छन्।कार्निभल तथा महोत्सवको तेस्रो दिनसम्म ५ हजार थान मोबाइल सेटहरु बिक्री भएको पाको युथ क्लबका अध्यक्ष अमृत मानन्धरले जानकारी दिए। कार्निभलमा सामसङ हुवावे, कलर्स, जियोनी, इन्टेक्स, डिटिसी, सोनी, माइक्रोम्याक्सका मोबाइल सेटहरु अधिक मात्रामा बिक्री भइरहेका छन्।
हुवावेको न्युरोड क्षेत्रका लागि आधिकारीक बिक्रेता टेलिटू प्रालिले महोत्सवको दोस्रो दिनसम्म मात्रै ५ सयवटा सेटहरु बिक्री गरेको जानकारी दिएको छ। महोत्सव तथा नयाँ वर्षको अवसर पारेर वैशाख १ गते पाको युथ क्लबले कन्सर्ट आयोजना गर्दैछ। कन्सर्टमा रविन एन्ड न्यु रिभोल्युसन, कुटुम्ब, क्रमशः ब्याण्डलगायतका कलाकार तथा गायकहरुले दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नेछन्।
कार्निभलमा मोबाइल कन्सर्ट, मोबाइल फुड फेस्टा, हेल्थ क्याम्प, बालबालिकाको गेमिंग जोन, गणेश पुजा तथा मोबाइल एक्स्पो समावेश गरिएको छ।

प्रकाशित: ३० चैत्र २०७१ २२:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App