२४ पुस २०८२ बिहीबार
image/svg+xml
प्रविधि

मोबाइल एक्स्पोमा छुटैछुट

काठमाडौं– मोबाइल सिभिल मलमा आयोजित एक्स्पो ८ देखि ५५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ। २२ जना व्यवसायीले संयुक्त रुपमा सञ्चालन गर्ने सिटिसी मोबाइल बजारले बजार शुभारम्भको अवसर पारेर छुटैछुट सहितको मोबाइल एक्स्पो आयोजना गरेको हो।नयाँ वर्षको पहिलो दिन चर्चित गायक रामकृष्ण ढकालले प्रस्तुती दिने छन्। यसैगरी रकब्यान्ड अनुप्रस्थ र उदेसको प्रस्तुती पनि रहेको आयोजकले जनाएको छ। माइक्रोम्याक्सले क्रिकेटको बलिङ प्रतिस्पर्धा गराउँदै बसन्त रेग्मीलाई भेट्ने र बलिङ सिक्ने अवसर प्रदान गर्ने जनाएको छ। कलर्स मोबाइलले बास्केट बल प्रतिस्पर्धा गराई आकर्षक उपहार प्रदान गर्ने भएको छ।
सिटिसी मोबाइल बजारका अध्यक्ष सन्दिपमान श्रेष्ठले मोबाइल बजारमा चोरीका मोबाइललाई पूर्णतःनिषेध गरिएको बताए। सिटिसी मललाई मोबाइल हबका रुपमा विकास गर्ने योजना सुनाउँदै न्युनतम मूल्यमा ब्रान्डेड मोबाइलहरुको कारोबारमार्फत छोटो समयमा उपभोक्ताको निर्विकल्प बजारका रुपमा स्थापित हुने उनको दाबी छ।

प्रकाशित: ३० चैत्र २०७१ २३:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App