...
संसारकै ठूलो सर्च इन्जिन गुगलले पनि नेक्सस सेरिजको एन्ड्रोइड मोबाइल उत्पादन गरिरहेको छ। ठीकैको व्यापार गरिरहेको नेक्सस उत्पादनलाई निरन्तरता दिँदै गुगलले यस वर्ष नयाँ ग्याजेट पनि लन्च गर्ने तयारी गरेको छ। ‘गुगल प्रोजेक्ट एरा' नाम दिइएको यो अहिलेसम्मै अनौठो खालको स्मार्टफोन हुने गुगलले दाबी गरेको छ। यो स्मार्टफोनलाई आफू अनुकूल साइजमा परिवर्तन गर्न सकिनेछ। यसलाई टुक्रा टुक्रा पार्नुका साथै यसको स्त्रि्कन वा प्रोसेसर पनि बदल्न सकिनेछ।
यो फोनबारे घोषणा गरिएको भिडियो ‘प्रोजेक्ट एरा'मा गुगलले भनेको छ, ‘यसको उद्देश्य स्मार्टफोन नभएका माझ लोकप्रिय बनाउनु हो।' यो फोनको क्यामेरा, स्पिकर, ब्याट्री, डिस्प्ले, एप्लिकेसन प्रोसेसर, वायरलेस कनेक्टिभिटी, ब्लड सुगर मोनिटर, जेलर प्वाइन्टर चुम्बकले जोडिएको हुन्छ र आवश्यक परेको बेला फेर्न सकिने कम्पनीले जनाएको छ।
‘प्रोजेक्ट एरा'का निर्देशक पल एरेमेन्कोले यो मोबाइलमा थि्रजी मोडियम हुने र यो एन्टिनाको सहाराले पनि चल्न सक्ने बताएका छन्।
...
ख्यातीप्राप्त कम्पनी एप्पलले पनि विभिन्न ग्याजेट उत्पादन गर्दै अएको छ। एप्पलका उत्पादनहरु आइफोन, म्याक, आइपड, एप्पल घडी संसारमै लोकप्रिय मानिन्छ। सन् २०१४ मा एप्पलले बहुप्रतिक्षित आइफोन ६ र आइफोन ६ प्लस लन्च गर्यों। यस वर्ष उसले के ल्याउँदैछ भन्ने कुरा आम उपभोक्ताको चासोको विषय बनेको छ। एप्पलले आधिकारिक रुपमा आफ्नो उत्पादनबारे नबताए पनि यस वर्षको अन्त्यतिर आइफोन ६ एस र आफोन ७ ल्याउने हल्ला विश्वब्यापी छ। सामसङको फ्याबलेट मोडललाई टक्कर दिने उद्देश्यले आइफोन ६ प्लस बजारमा ल्याएको एप्पलले ७ पनि त्यस्तै मोडलमा ल्याउन सकिने बजारी हल्ला छ। तर ६ प्लसमा क्यामेरालगायतका केही फिचर अझै पनि सामसङका ग्यालेक्सी र नोट सेरिजभन्दा कमजोर भएको उपभोक्ताको गुनासो एप्पलले खेप्दै आएको छ। यिनै फिचरलाई गुणस्तरीय बनाएर यसका नयाँ सेरिज बजारमा ल्याउने तयारी एप्पलले गरिरहेका हल्ला बजारमा छ।
एप्पलले यस वर्ष घडी पनि बजारमा ल्याउने छ। यो आम घडीभन्दा फरक खालको हुने एप्पलले जनाएको छ। यो स्मार्टघडीमा फोन कल उठाउन मिल्ने, मेसेज चेक गर्न मिल्ने र आफ्नो स्वास्थ्यसम्बन्धी विभिन्न तथ्यसमेत जाँच गर्न सकिनेछ। तर, गाडी चलाइरहेका बेला पनि चालक यो ग्याजेट चलाउन लालायित हुने भएकाले सवारी नियम उल्लंघन र दुर्घटना बढाउन सक्ने अनुमान भइरहेका छन्। यो घडी टिम कुकको टोलीले डिजाइन गरिरहेका छन्।
...
अन्य कम्पनीमध्ये सोनी, एचटिसी, माइक्रोम्याक्स, क्यान र निकनले पनि यस वर्ष नयाँ ग्याजेट बजारमा ल्याउने छन्। सोनीले आफ्नो पछिल्लो सेरिज एक्सपेरिया जेड ४ बजारमा ल्याउने जनाएको छ। एक्सपेरिया जेड ४ को साइज ६.३ इन्चको हुनेछ। सामसङको ग्यालेक्सी एस ५ जस्तै यो स्मार्टफोन पनि वाटरप्रुफ हुनेछ। फिंगरप्रिन्ट स्क्यानर र ब्याट्रीको लाइफ पनि बढाइने बताइएको छ। १० मेगापिक्सलको फ्रन्ट क्यामेरासहित यसमा २७ मेगापिक्सलको क्यामेरा हुनेछ। प्रयोगकर्ताले उच्च क्वालिटीको भिडियो खिच्न सक्ने र स्काइप पनि सोही गुणस्तरको भिडियोमा कुराकानी गर्न सक्नेछन्।
त्यस्तै एचटिसीले वन एम १९ वा एचटिसी सिमा नामक स्मार्टफोन बजारमा ल्याउने जनाएको छ। यसमा नयाँ फिचर समावेश गरिने बताइएको छ। बजारी हल्ला मान्ने हो भने वन एम १९ को साइज पाँच इन्चको हुनेछ। जसको क्यामेरा २०.७ मेगापिक्सलको हुनेछ। यो स्मार्टफोनको र्यााम ३ जिबी र ३२ जीबी आन्तरिक स्टोरेज हुने बताइएको छ।
त्यस्तै भिडियो र तस्बिरका लागि क्याननका डिएसएलआर क्यामेरा निकै प्रचलित छन्। क्याननका प्रतिस्पर्धी भने निकन हो। यी दुवैले यस वर्ष नयाँ उत्पादन बजारमा ल्याउने भएका छन्। क्याननले अहिलेसम्मकै ठूलो मेगापिक्सेलको डिएसएलआर क्यामेरा ल्याउने भएको छ। ५० मेगापिक्सेल रहेको यो क्यामेराको मूल्य कम्तीमा चार हजार डलर हुनेछ। यो क्यामेरा १ डी सिरिजको हुने बताइएको छ।
निकनले भने टचस्त्रि्कन एलसीडी भएको डिएसएलआर क्यामेरा बजारमा ल्याउँदैछ। डी ५५०० नामको यो क्यामेरामा एपिएस–सी सेन्सर जडान गरिएको छ। यसअघिको डी ५३०० मोडललाई डी ५५०० को रूपमा रूपान्तरण गरिएको जनाइएको छ।
नेपालमा आउने ग्याजेट
सूचना प्रविधिको विकास नेपालमा पनि तीव्र गतिमा भइरहेको छ। यसको विकाससँगै नेपाली उपभोक्ता यसप्रति आकर्षित बन्दै गएका छन्। यही कारणले होला विश्व बजारमा आउने प्रायः सामग्री नेपालमा पाउन सकिन्छ। ग्याजेटकै कुरा गर्ने हो भने यहाँ आइफोनदेखि नोटसम्म चलाउने उपभोक्ता सजिलै भेटिन्छन्। पछिलो समय नेपाली पनि ग्याजेटप्रति सौखिन बन्दै गएका छन्। तर औसतको कुरा गर्ने हो भने नेपाली उपाभोक्ताहरु सामसङ, माइक्रोम्याक्स र कलर्स ब्रान्डका स्मार्टफोनमा बढी आकर्षित छन्।
सामसङको एन्ड्रोइड फोन नेपालमा सस्तैमा किन्न सकिन्छ। त्यस्तै माइक्रोम्याक्सको क्यानभास सेरिज पनि उपभोक्तामाझ लोकप्रिय छ। भारतीय कम्पनी माइक्रोम्याक्सले सामसङका ग्यालेक्सी, नोट तथा एप्पलको आइफोनभन्दा धेरै सस्तोमा स्मार्टफोन उपलब्ध गराउने भएकाले नेपाली उपभोक्ता यसप्रति आकर्षित छन्। माइक्रोम्याक्सले भने यस वर्ष क्यानभास ५ ल्याउने तयारी गरेको छ। यसमा २ जिबी र्यानम र १६ जिबी आन्तरिक मेमोरी रहनेछ। यसको अगाडिको क्यामेरा ५ मेगापिक्सल र पछाडिको क्यामेरा १८ मेगापिक्सलको रहने जनाइएको छ। २०१४ मा आएको क्यानभास ४ र क्यानभास निट्रोमा एक जिबी र्यामम र १३ मेगापिक्सलको क्यामेरा थियो। यी दुवै स्मार्टफोन नेपाली उपभोक्तामाझ लोकप्रिय मानिन्छन्।
त्यस्तै ग्यालेक्सी एस ६ पनि नेपाली बजारमा आउने सम्भावना छ। सामसङको नेपालस्थित आधिकारिक बिक्रेता आइएमएसले पछिल्लो उत्पादन ग्यालेक्सी एस ५ र नोट ४ नेपालमा पनि लन्च गरेको थियो। मार्चमा आउने भनिएको ग्यालेक्सी एस ६ पनि आइएमएसले सार्वजनिक गर्न सक्नेछन्।
(एजेन्सीको सहयोगमा)
प्रकाशित: १४ माघ २०७१ ००:३५ बुधबार





