४ माघ २०८२ आइतबार
image/svg+xml
प्रविधि

तीन सेकेन्डमा १० हजार मोबाइल बिक्री!

एक मिनेटभित्र कतिवटा मोबाइल बिक्री हुनसक्लान्? एक सय, दुई सय वा तीन सय? तर, माइक्रोम्याक्सको 'यू युरेका' तीन सेकेन्डमै १० हजार प्रति बिक्री भएको छ।८ हजार ९ सय ९९ भारतीय रुपियाँको यो मोबाइल अनलाइन सपिङ अमेजनमा लन्च गरिएको थियो। तर, तीन सेकेन्डभित्रै यू युरेका १० हजारप्रति बिक्री भएको कम्पनीले दाबी गरेको छ। यसको अर्को बिक्री आउँदो बिहीबारबाट हुने कम्पनीले जनाएको छ। यो मोबाइल अमेजनमार्फत मात्र किन्न सकिने पनि कम्पनीले जनाएको छ। 
५.५ इन्च डिस्प्ले भएको यो मोबाइल साइनोजन ओएसमा अधारित छ। दुइटा सिम लाग्ने यो माइलबा थ्रीजी र फोरजी दुवैले सपोर्ट गर्ने कम्पनीले बताएको छ। 
अक्टाकोर प्रोसेसर रहेको यो मोबाइलमा ३ जीबी र्या म र १६ जीबी आन्तरिक मेमोरी रहेको छ। यसमा ३२ जीबी मेमोरी क्षमता रहेको छ। यो मोबाइलमा अगाडि ५ र पछाडि १३ मेगापिक्सेल क्यामेरा रहेका छन्।

प्रकाशित: १० माघ २०७१ ०६:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App