२२ चैत्र २०८२ आइतबार
image/svg+xml
खेल

कोच एजुकेसन कमिटीमा बस्नेत

नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) को कोच एजुकेसन एन्ड डेभलपमेन्ट कमिटीको अध्यक्षमा गौरव बस्नेत नियुक्त भएका छन्।

नेपाल विद्यालय खेलकुद महासंघले फुटबलका प्रशिक्षक बस्नेतलाई उक्त जिम्मेवारी दिएको हो। फुटबल यात्री अभियानका प्रमुख तथा नेपाल राष्ट्रिय फुटसल टोलीका पूर्व मुख्य प्रशिक्षक बस्नेतलाई विद्यालयस्तरको प्रशिक्षक शिक्षा र विकासलाई व्यवस्थित बनाउने जिम्मेवारी दिइएको छ।

बस्नेतको नेतृत्वमा सञ्चालन हुँदै आएको फुटबल यात्री अभियानले देशका विभिन्न जिल्लामा ग्रासरुट कार्यक्रममार्फत युवा खेलाडी उत्पादनमा योगदान दिँदै आएको छ। यो जिम्मेवारीपछि उत्साहित हुँदै उनले खेलकुद विकासका लागि आवश्यक पर्ने विद्यालय खेलकुदमा दक्ष जनशक्ती निर्माणमा आफूले जतिसक्दो मिहिनत गर्ने विश्वास व्यक्त गरेका छन्।

खेल विकासमा बस्नेतको समर्पण, नेतृत्व क्षमता तथा निरन्तर योगदानका कारण यो जिम्मेवारी दिएको महासंघले उल्लेख गरेको छ। बस्नेतको दूरदृष्टि र प्रतिबद्धताले प्रशिक्षक शिक्षा प्रणालीलाई सुदृढ बनाउने महासंघले विश्वास लिएको छ। साथै उनले प्रशिक्षकहरूलाई सशक्त बनाउन तथा देशभरका युवा खेलाडीहरूका लागि बलियो आधार निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने आशा गरिएको छ। उनको नेतृत्वमा यो समितिले नयाँ उचाइ हासिल गर्दै खेलकुद विकासमा महत्त्वपूर्ण काम हुने महासंघको जिम्मेवारी पत्रमा उल्लेख छ।  

प्रकाशित: २२ चैत्र २०८२ ०६:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App