काठमाडौं– कलर्स मोबाइलले अत्याधुनिक मोडलका पर्ल ब्ल्याक सिरिजका स्मार्ट फोन बजारमा ल्याएको छ। पर्ल ब्ल्याक सिरिजका यी स्मार्ट फोन दुई भिन्न मोडलमा उपलब्ध छन्। पर्ल ब्लाक के फिप्टिन रक र पर्ल ब्लाक के थर्टि थ्री फ्याब। यी स्मार्ट फोनमध्ये पर्ल ब्लाक के फिप्टिन बजारमा आइसकेको छ भने अर्को सेट चाँडै बजारमा आउँदै छ। कलर्स मोबाइल टेलिटक प्राइभेट लिमिटेडको स्वामित्वमा रहेको ब्रान्ड हो।यी फोनमा भएको ओएस, स्त्रि्कन, अडियो–भिडियो सिस्टम र टिकाउ ब्याट्रीका कारण दुवै मोडलका मोबाइलले राम्रो बजार पाउने कम्पनीको विश्वास छ।
पर्ल ब्लाक केफिप्टिन रक नामक सेटमा यामाहा स्पिकर्स जडान गरिएको हुँदा संगितप्रेमीहरुका लागि बहुउपयोगी हुने छ। मेटालिक फ्रेमबाट सुरक्षित गराइएको यसको आन्तरिक सिस्टम ४.४ ओएस किटक्याट प्रविधि र १.३ गिगाहर्ज क्वाड कोर प्रोसेसर युक्त छ। १३ मेगा पिक्सलको क्यामेरा र २ मेगा पिक्सलको फ्रन्ट क्यामेरा यो मोबाइलमा छ। फोनको बजार मूल्य १६ हजार ४ सय ९५ हो।
प्रकाशित: ३ पुस २०७१ २१:०५ बिहीबार