२४ पुस २०८२ बिहीबार
image/svg+xml
प्रविधि

कलर्सको जुम थ्रिजी बजारमा

काठमाडौं– कलर्स मोबाइलले सेलफोनमा इन्टरनेट चलाउन अत्यावश्यक थि्रजी नेटवर्क सपोर्ट गर्ने नयाँ मोडलका सेट बजारमा ल्याएको छ। तीन वटा मोडलका सेटहरु उत्पादन गरिएको जुम सिरिजका मोबाईलमध्ये ‘कलर्स टर्बो जुम' बजारमा उपलब्ध छ भने ‘कलर्स जुम' र ‘कलर्स जुम मिनी' चाँडै बजारमा ल्याउने कम्पनीले जनाएको छ।जुम सिरिजका मोबाइल फोनहरु टुजी प्रविधिबाट इन्टरनेट चलाई रहेका सामान्य एन्ड्रोइड ओएस प्रयोगकर्ताहरुलाई अझै छिटो र झञ्झटरहित तरिकाले इन्टरनेट सञ्चालन गर्नका लागि बढी उपयोगी हुने कम्पनीको दाबी छ। ‘थि्रजी नेटवर्क तीब्र गतिले देशभर फैलिरहेको अवस्थामा यी फोनहरुले छिटोछरितो तरिकाले इन्टरनेटमार्फत विश्वसँग जोडिने मौका अब आफ्नै हातमा पाइने भएको छ,' विज्ञप्तिमा उल्लेख छ। थि्रजी प्रविधिमार्फत फेसबुक, टि्वटरलगायत अन्य सामाजिक सञ्जालमार्फत सजिलै तस्बिर तथा भिडियोहरु अपलोड एवं डाउनलोड गर्न सकिनेछ।
एन्ड्रोइड किटक्याट अपरेटिङ सिस्टमबाट सञ्चालन हुने कम्पनीले जनाएको छ। चार इन्चको डब्लुभिजिए टच स्त्रि्कन भएको कलर्स टर्बो जुम १.२ गिगा हर्ज ड्युल कोर प्रोसेसर रहेको छ। १४५० एमएएच को शक्तिशाली ब्याट्री, ५१२ एमबी र्या.म र ४ जिबी मेमोरी भएको यो मोबाइल नेपाली बजारमा छोटो समयमै निकै प्रचलित हुने दाबी गरिएको छ।
कलर्स मोबाईल टेलिटक प्राइभेट लिमिटेडको स्वामित्वमा रहेको ब्रान्ड हो। पछिल्लो समयमा कलर्स मोबाइल नेपाललगायत अन्य एसियन र अफ्रिकन विकासोन्मुख देशहरुमा सबैभन्दा छिटो विस्तार भईरहेको कम्पनीले जनाएको छ।

प्रकाशित: २३ मंसिर २०७१ २२:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App