coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रविधि

एक्स ल्याबको ल्यापटप नेपालमा, कति छ मूल्य?

दुई दशकदेखि प्रबिधि क्षेत्रमा निकै चर्चा कमाइरहेको अमेरिकी कम्पनी बेस्ड एक्स ल्याबले आफ्नो नयाँ ल्यापटप एक्स/बुक सेरिज नेपाली बजारमा सार्वजनिक गरेको छ। एकदमै आकर्षक डिजाइनमा रहेको मोडल एक्सएल-१५६पी विन्डोज १० मा आधारित छ। जसलाई विन्डोज ११ मा अपग्रेड गर्न सकिन्छ। यो ल्यापटप एक्स ल्याबको आधिकारिक बिक्रेता सागर ग्रुप ले नेपाली बजारमा भित्र्याएको हो।

प्रिमियम देखिने यो ल्यापटपमा इन्टेलको १० औँ पुस्ताको कोर आई ३ सीपीयूको प्रयोग गरिएको छ। त्यसैगरि, यसमा २५६ जीबी एसएसडी स्टोरेज पनि दिइएको साथै ८ जीबी डीडीआर ४ र्‍याम भेरियन्ट उपलब्ध छ जसलाई अपग्रेड गर्न पनि सकिने कम्पनीले जनाएको छ।

१५.६ इन्चको फुल एचडी स्क्रिन भएको यो ल्यापटपमा तीन सय निट्सको ब्राइटनेस रहेको छ जसले गर्दा बाहिर घामको उज्यालोमा पनि स्क्रीनलाई  सजिलोसँग हेर्न सकिन्छ।

टचप्याडमा निर्मित फिंगरप्रिन्ट सेन्सर र कास्पर्स्काइ सुरक्षासहित यसको डेडिकेटेड वेबक्याम शिल्डले तपाईंको गोपनियता र सूचनाई सुरक्षित गर्दछ।

यसले ५ हजार एमएएच ३८ वाट क्षमताको स्मार्ट लिथियम पोलिमर ब्याट्री प्रयोग गर्दछ। यसको ब्याट्री लाइफ पनि धेरै नै  टिकाउ छ साथै ल्यापटप हलुका  भएकोले यसलाई सजिलोसँग पोर्टेबल बनाउँछ।  

एक्स/बुक सिरिजको ल्यापटप गति वा गुणस्तरमा कुनै पनि कम्प्रोमैज गरिएको छैन राम्रो, कम लागतको ल्यापटप चाहिने व्यक्तिहरूका लागि साथै आफ्ना बालबालिकाको घरेलु सिकाइ, मनोरञ्जन, विद्यार्थीहरूको सिकाइ र दिनचर्या व्यवसायका लागि अति उपयुक्त छ र साथै सुरक्षाको आवश्यकता पर्ने व्यक्तिहरूका लागि अविश्वसनीय रूपमा आकर्षक हुनेछ।

ल्यापटपहरू हाल बलियोडटकम ( baleyo.com) मा साथै केही अन्य अनलाइन रिटेलरहरूमा खरिदका लागि उपलब्ध छन्।

प्रकाशित: ११ पुस २०७८ ०८:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App