ग्यालेक्सी एस थ्रीको मूल्यमा ५ हजार २ सय ९० रुपैयाँ घटाइएको छ। २६ हजार २ सय मूल्य रहेको एस थ्रीलाई अब भारतमा २० हजार ९ सय १० मा झारिएको छ। ग्यालेक्सी नोट थ्रीलाई भारतमा सार्वजनिक गर्दा ३३ हजार ९ सय ९० थियो। त्यसलाई गत अगस्टमा घटाएर २९ हजार ५ सय ७० मा झारिएको थियो। यो मूल्यलाई पनि घटाएर २४ हजार ३ सय ७८ कायम गरिएको छ।
एक हप्ताअगाडि मात्र सामसङले ग्यालेक्सी एस फाइभ र यसको फोरजी संस्करणको मूल्य घटाएको थियो। गत हप्ता ४३ हजार २ सय ५० रुपैयाँबाट ५ हजार ७ सय ५० रुपैयाँ घटाउँदै ३७ हजार ५ सय मूल्य कायम गरिएको छ।
भारतमा मूल्य घटेपछि नेपालमा पनि घट्ने सम्भावना रहेको नेपालको लागि सामसङको आधिकारिक बिक्रेता इन्टरग्रेड मोबिलिटी सोलुसन (आइएमएस)ले जनाएको छ। आइएमएसका प्रेसिडेन्ट दिकेश मल्होत्राले हरेक देशमा केहि न केहि प्रवर्द्धनात्मक रुपमा मूल्य थपघट हुने बताए। इलेक्ट्रोनिक सामानको मूल्य घटिरहेको हुन्छ, सोहि अनुसार मोबाइलको पनि घट्छ,' उनले भने, हामीले भारतको मूल्य भन्दा सस्तो होस् भन्ने चाहन्छौं, त्यसैले कुनै अफर र योजना लिएर ग्राहककोमा पुग्छौं।'
प्रकाशित: १२ कार्तिक २०७१ २३:२३ बुधबार





