२२ चैत्र २०८२ आइतबार
image/svg+xml
प्रविधि

चीनमा अनलाइन उपचार लोकप्रिय

ह्याङजाऊ (चीन)– चीनमा अनलाईन स्वास्थ्य उपचार विधि निकै लोकप्रिय भएको समाचारमा जनाइएको छ। यसले देशको स्वास्थ्य उपचारका क्षेत्रमा एक नयाँ उद्योगको रुप लिने प्रयास गरिरहेको पनि जनाइएको छ।अलिबाबाका अनुसार अक्टोबरसम्ममा चीनका करिब १५ वटा अस्पतालले यो सेवा दिनका लागि यस अनलाइन नेटवर्कमा आबद्ध भएका छन्।
फ्यूचर अस्पताल नाम दिइएको सो अनलाइन अस्पताल सेवा एक किसीमका घुम्ती सेवाजस्तै हुन् र ती अस्पतालले अनलाइनबाटै सेवा दिइरहेका छन्।
यस्ता अस्पतालबाट अनलाइनमै सेवा दिइने र बिरामीसँग चिकित्सकले परामर्श पनि अनलाइनबाटै दिने गर्दछन्। उनीहरुले कम्तीमा पनि हरेक दिन एक हजार बिरामीले यस्तो सेवा लिइरहेको जनाएका छन्।
चिनियाँ स्वास्थ्य अधिकारीहरुले पनि चीनमा पछिल्लो समयमा यस्तो सेवा दिन प्रतिदिन लोकप्रिय हुँदै गएको बताएका छन्।

प्रकाशित: २१ आश्विन २०७१ २१:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App