२४ पुस २०८२ बिहीबार
image/svg+xml
प्रविधि

नि: शुल्क सफ्टवेयर

काठमाडौं– कृति क्यापिटल एन्ड इन्भेस्टमेन्ट्सले विकास गरेको सफ्टवेयर कृति पोर्टफोलियो ट्र्याकर सफ्टवेयर निःशुल्क वितरण गरेको छ।कम्पनीले शुक्रबार एक कार्यक्रम गरी सफ्टवेयर निःशुल्क वितरण गरेको हो। नेप्सेलाई विशेष ध्यानमा राखेर बनाइएको यो सफ्टवेयरबाट लाभांश, बोनस सेयर र हकप्रद सेयर घोषणा मितिदेखि वास्तविक प्राप्त मितिसम्म ट्र्याक गर्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार लगानीकर्ताले यसको माध्यमबाट लगानीको लाभ र मुनाफा आर्जनसमेत हेर्न सक्नेछन्। 
कम्पनीका प्रबन्ध निर्देशक दीपेश वैद्यले सफ्टवेयर म्याक, विन्डोज या लिनक्सलगायत कुनै पनि अपरेटिङ सिस्टममा चलाउन सकिने जानकारी दिए। उनका अनुसार सफ्टवेयरले प्रयोगकर्ताको स–साना गल्ती कम गर्नुका साथै लगानीकर्ताबीच सजिलो र व्यवस्थित लगानी व्यवस्थापन गर्नेछ।

प्रकाशित: १६ श्रावण २०७१ २२:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App