२३ पुस २०८२ बुधबार
image/svg+xml
प्रविधि

सामसङको सस्ता मोबाइल बजारमा

काठमाडौं– नेपालको लागि सामसङ मोबाइलको अधिकृत वितरक इन्टरनेसनल मार्केटिङ सर्भिसेसले सामसङको दुई नयाँ सेट ब्रायो र पिटोन नेपाली बजारमा ल्याएको छ। मध्यमवर्गीय ग्राहकलाई ध्यानमा राखेर ल्याएका यी मोबाइल अरु मोबाइलका तुलनामा सस्तो हुने कम्पनीले जानकारी गराएको छ।दुवै फोनमा दुइटा सिम लाग्छ भने ब्रायो २ इन्चको स्त्रि्कन, एफएम रेडियो, म्युजिक प्लेयर र डिजिटल क्यमेरा रहेको छ। त्यसैगरी पिटोनमा एक हजार सम्पर्क नम्बर, एक सय एसएमएस, एफएम रेडियो र ३.५ एमएम इयरफोन लाग्ने ज्याक रहेको छ। नेपाली बजारमा ब्रायोको मूल्य ३ हजार एक सय ९० र पिन्टोको मूल्य २ हजार तीन सय ९० तोकिएको कम्पनीले जनाएको छ।

प्रकाशित: १० श्रावण २०७१ २२:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App