४ चैत्र २०८२ बुधबार
image/svg+xml
प्रविधि

३५ हजारको एलजी जिटु बजारमा

काठमाडौं – एलजीमोबाइलको नेपालकालागिआधिकारिक वितरक सिजीइम्पेक्सलेएलजी जिटु मिनि स्मार्टफोन नेपालीबजारमाल्याएको छ। एलजी जिटुको सानो संस्करणको रुपमा यो स्मार्टफोन बजारमाआएको हो । चार रंगमाउपलब्ध यो स्मार्टफोनमा थ्रिजी/फोरजी एलटिइ नेटवर्क प्रयोग गर्न मिल्ने गरी उपलब्ध रहेको कम्पनीले जनाएको छ।

१.२ गिगाहर्जको क्वालकम क्वाड कोर प्रोसेसर रहेको यो स्मार्टफोनको डिस्प्ले ४.७ इन्चको छ भने यसमा आठ जिबीको मेमोरी र एक जिबी ¥याम रहेको कम्पनीले जानकारी दिएको छ। कम्पनीका अनुसार आठ मेगापिक्सेलको रियर क्यामेरा र १.३ मेगापिक्सेलको फ्रन्ट क्यामेरा भएको एजली जिटु मिनीमा एन्ड्रोइड ४.४ किटक्याट अपरेटिङ सिस्टम रहेको छ।

नेपाली बजारमायसको मूल्य ३५ हजार नौ सय ९९ रुपैयाँ रहेको र हरेक खरिदमा एक हजार पाँच सय मूल्यबराबरको फ्लिप कभर निःशुल्कप्राप्तगरिने कम्पनीले जनाएको छ ।

प्रकाशित: ३१ असार २०७१ २०:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App