काठमाडौं बालाजुका प्रबल खड्का पनि ठूलो स्त्रि्कन भएको मोबाइल बोक्न रुचाउँछन्। उनले अहिले भारतीय कम्पनी माइक्रोम्याक्सको क्यानभास टु कलर्स फोन बोक्ने गर्छन्। ‘फोटो र भिडियो खिच्न, त्यसलाई इडिट गर्न र सोसल मिडियामा अपलोड गर्न ठूलो स्त्रि्कन भएको फोनमा धेरै सजिलो भएको छ,' उनी भन्छन्। यसबाहेक, ठूला स्त्रि्कन भएका फोनमा प्रायः थि्रजी चल्ने भएकाले उच्च गतिको मोबाइल डाटा चलाउन सकिने भएकाले पनि आफूले त्यस्तै फोन प्रयोग गरिरहेको खड्का बताउँछन्।
श्रेष्ठ र खड्काजस्तै धेरै युवा ठूलो स्त्रि्कन भएका मोबाइल फोनमा आकर्षित भएका छन्। कि प्याड भएका फोन अब ग्रामीण भेगका ग्राहक, प्रविधिसँग नभिजेका पाको उमेरका र निम्न आय भएकाले मात्र प्रयोग गर्ने थालेको मोबाइल व्यवसायी संघका अध्यक्ष्य पुरुषोत्तम बस्नेत बताउँछन्। ठूलो टच स्त्रि्कन स्मार्टफोन फोनको व्यापार हरेक वर्ष २० प्रतिशतले बढ्दै गएको बस्नेतले बताए। मोबाइल र ट्याब्लेट दुबैको काम गर्न सकिने भएकाले यस्ता ठूलो स्त्रि्कन भएका ‘फ्याब्लेट' मा अहिलेका उपभोक्ता बढी आकर्षित भएको बस्नेत भनाइ छ।
अहिले बजारमा ४.५ देखि ६ इन्चसम्मका फोनको व्यापार निकै बढेको व्यवसायी बताउँछन्। विशेषगरी युवा पुस्ता नै यसको प्रयोगकर्ताका रुपमा अगाडी बढेका छन्। गेम खेल्न, इन्टरनेट चलाउन, पढाईको लागि पिडिएफ र वर्ड फाइल पनि चलाउन सजिलो हुने भएकाले ठूलो स्त्रि्कनको माग बढेको उनीहरुले बताए।
बिक्रेताहरुका अनुसार ठूला स्त्रि्कनका मोबाइल स्त्रि्कन स्टाइलिस, स्लिम त छँदैछन्, त्यसमाथि मल्टिमिडिया प्रयोग गर्ने र वेब ब्राउजिङ गर्ने पुस्ताले यसको माग गरिरहेका छन्। यसले गर्दा, सामसङ, एलजी, एचटिसीजस्ता ब्रान्डेड मोबाइल कम्पनीका साथै भारतीय मोबाइल उत्पादकहरुले पनि ठूला स्त्रि्कनका फोनको उत्पादन बढाएका छन्।
‘एक पल्ट विभिन्न एप्स भएका ठूलो स्त्रि्कन भएको फोन प्रयोग गर्न थालिसकेपछि सानो स्त्रि्कन भएको मोबाइल प्रयोग गर्न ग्राहक गाह्रो मान्छन्। गेम खेल्न, इन्टरनेट ब्राउज गर्न र पढ्न पनि ठूला स्त्रि्कन भएको मोबाइलमा सजिलो छ,' न्युरोडस्थित भर्जिन मोबाइलका विवेक झाले भने। यसले गर्दा ठूलो स्त्रि्कन भएको मोवाइलको माग बढिरहेको उनले बताए। ‘धेरै जसो ब्रान्डहरुले यो माग सम्बोधन गर्न उनीहरुको नयाँ मोबाइलमा स्त्रि्कन आकारलाई ध्यान दिने गरेका छन्,' झाले थपे।
सामसङ मोबाइलको आधिकारिक वितरक इन्टरनेसनल मार्केटिङ सर्भिसेजका अधिकारीहरु नेपालमा सामाजिक सञ्जाल प्रयोग गर्ने प्रचलन बढ्दै गएकाले ठूलो आकारका फोनको व्यापार बढेको बताउँछन्।
‘ठूला स्त्रि्कन भएका मोबाइलमा इन्टरनेट र सामाजिक सञ्जालको प्रयोग सजिलो छ जसले गर्दा जोसुकैले पनि ठूलो आकारमा तस्बिरहरु हेर्न सक्छन्,' कम्पनीका अध्यक्ष दीपक मल्होत्राले भने। उनका अनुसार यस्ता स्मार्टफोनहरु धेरै जसो फोन गर्ने सहित इमेल, इन्टरनेट र फेसबुक, टि्वटरजस्ता सामाजिक सञ्जाल प्रयोग गर्नका सजिलो हुन्छ। सामसङले बजारमा ग्यालेक्सी नोट, ग्यालेक्सी नोट २, ग्यालेक्सी मेगा, ग्यालेक्सी ग्रान्ड, ग्यालेक्सी ग्रान्ड २, ग्यालेक्सी एस फोरलगायतका ठूला स्त्रि्कनका फोन बिक्री गरिरहेको छ।
ठूला स्त्रि्कनका मोबाइलको माग बढ्नुको कारण ती फोनमा हुने फोटो फ्रेमको र राम्रोसँग भिडियो हेर्न सक्ने सुविधा रहेको कलर्स मोबाइलको आधिकारिक बिक्रेता टेलिटकका बजार प्रबन्धक सचिन उदासले बताए। ठूला आकारका स्त्रि्कनका मोबाइलको माग बढ्दै गएकाले कम्पनीले केही हप्ता अघि पाँच इन्चको स्त्रि्कन भएको पर्ल ब्ल्याक के२२ र एक्स फ्याक्टर एक्स ८० बोल्ड फोन बजारमा ल्याएको छ। कम्पनीले यसबाहेक ४.७ इन्चको एक्स फ्याक्टर एचडी, ५ इन्चको पर्ल ब्ल्याक के ११, ५.३ इन्चको एक्स फ्याक्टर बोल्ड र बोल्ड २ मोवाइल पनि नेपाली बजारमा बिक्री गरिरहेको छ।
प्रकाशित: २५ असार २०७१ २३:१७ बुधबार





