३ माघ २०८२ शनिबार
image/svg+xml
प्रविधि

ग्यालेक्सी स्टार प्रो नयाँ रंगमा

काठमाडौं– नेपालका लागि सामसङ मोबाइल अधिकृत बिक्रेता आइएमएसले ग्यालेक्सी स्टार प्रो र ग्रान्ड–२ नयाँ रंगमा बजारमा ल्याएको छ। स्टार प्रो तीनवटा नयाँ रंगमा छ भने ग्रान्ड–२ थप एक नयाँ रंगमा उपभोक्ताले पाउनेछन्।स्टार प्रो रातो, सुन्तला र हरियो रंगमा समेत आएको कम्पनीले जनाएको छ। ग्रान्ड–२ भने कालो रंगमा उपलब्ध रहेको कम्पनीद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ। कम्पनीले नयाँ रंगको मोबाइल सेट युवापुस्तामा लोकप्रिय हुने दाबी गरेको छ। कम्पनीले ग्रान्ड–२ को मूल्य ३६ हजार नौ सय र स्टार प्रोको १० हजार ७५ रुपैयाँ मूल्य तोकेको छ।

प्रकाशित: १५ जेष्ठ २०७१ २१:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App