२६ पुस २०८२ शनिबार
image/svg+xml
प्रविधि

कृषि उपजको भाउ बुझ्न ‘एप'

बनेपा– एसएमएसमार्फत कृषि बजारका सूचना उपलब्ध गराउँदै आएको आइटी इन्जिनियरको समूहले कृषि वस्तुको बजार मूल्यको जानकारी दिने मोबाइल एप्लिकेसन विकास गरेको छ। क्रियटिभ स्माइल्स बिल्डिङ द नेसन नामक सो समूहले आइसिटी फर एग्रिकल्चर परियोजनामार्फत एप विकास गरेको हो।

एपको नाम आइएफए नेपाल राखेका छन्। ‘पहिलो चरणमा एसएमएस प्रणाली विकास गरी प्रयोगमा ल्याएका थियौं। स्मार्टफोनमा आधारित सेवाको माग भएकाले मोबाइल एपको विकास गरेका छौं,' समूहका संयोजक शिब्जन चौंलागाईंले जानकारी दिए।
एन्ड्रोइडमा आधारित उक्त एपमा बनेपा, मन्थली, खुर्कोट, सिन्धुली र काठमाडौंको कृषि बजारमा किसानले पाउने भाउ हेर्न मिल्छ। यसमा धान, गहुँ, मकैजस्ता अन्नबालीसहितका ३० प्रकारका अन्य कृषि उपजको भाउ थाहा पाउन सकिने चौंलागाईंको भनाइ छ। यस्तै, तरकारी बालीमा आलु, प्याज, सिमी, बन्दा, काउली, खुर्सानी, इस्कुुस, बोडी, केराउ, भान्टा, करेला, मूला, साग, लसुन, अदुवा, काँक्रो, गाजर गोलभेडा, घिरौंला, चम्सुर, पालुंगो, फर्सी बकुल्ला, लौका, कुरिलो र हरियो भटमास छ। 
स्थानीय बजारमा कृषि उत्पादन किन्ने व्यापारी सीमित रहेकाले एकैपटक धेरै उत्पादन हुँदा वैकल्पिक बजार खोज्न एपमै व्यवस्था मिलाइएको पनि चौलागाईंले बताए।

प्रकाशित: २४ वैशाख २०७१ २२:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App