३० कार्तिक २०८२ आइतबार
image/svg+xml ५:३५ पूर्वाह्न
प्रविधि

स्मार्टफोन 'आँखाको दुश्मन'

लन्डन– चस्मा निर्माणमा संलग्न विज्ञहरू(अप्टिसियन्स)ले स्मार्टफोनको अत्यधिक प्रयोगले मानिस अन्धोसमेत हुन सक्ने चेतावनी दिएका छन्। उनीहरूले स्मार्टफोन प्रयोग गर्ने दुई हजार मानिसमा गरेको अध्ययनपछि यो चेतावनी सार्वजनिक गरेका हुन्।
अध्ययनअनुसार २५ वर्षभन्दा कम उमेरका युवा मोबाइल फोनको प्रयोग दिनमा ३२ पटकभन्दा बढी गर्दछन्।स्मार्टफोनका साथै कम्प्युटर, ट्याबलेट र फ्ल्याट स्त्रि्कन भएका टिभीको अत्यधिक प्रयोगले पनि आँखामा दीर्घकालीन असर पर्ने अध्ययनमा देखिएको छ।
'स्मार्टफोनको स्क्रिनबाट निस्कने नीलो प्रकाश आँखाका लागि हानिकारक छ,' अप्टिसियन एन्ड्र हेपवर्थले भन्छन्, 'यो आँखाको पछिल्लो भागका लागि खतरनाक हुन्छ।'
उनका अनुसार यो नीलो प्रकाशकमा 'म्याकुलर डिजेनेरेसन'को खतरा हुन्छ, जसले मानिस अन्धोसमेत हुन सक्छ। निरन्तर नीलो प्रकाशमा हेर्नाले निद्रा र दिमागमा असर गर्छ। स्मार्टफोन चलाउँदा हामी आँखा कमै झिम्क्याउँछौं। फोनसँग आँखाको दुरी पनि कम हुन्छ, जसले गर्दा आँखामा बढी असर पर्दछ।
'आँखाको समस्या र स्मार्टफोनसँग त्यसको सम्बन्धबारे हामी अनभिज्ञ छौं,' हेपवर्थ भन्छन्, 'तर प्रयोगशालामा गरिएको परीक्षणबाट स्मार्टफोनले आँखालाई असर गर्ने कुराको ठोस प्रमाण प्राप्त भएको छ।'

प्रकाशित: २० चैत्र २०७० ०६:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App