काठमाडौं– माइक्रोम्याक्सले नेपाली बजारमा २ नयाँ मोबाइल थपेको छ। कम्पनीले ‘माइक्रेम्याक्स सोसल ए नाइ फोर' र ‘माइक्रोम्याक्स क्याभास पावर ए नाइन सिक्स' नामका मोबाइल बजारमा ल्याएको हो।‘माइक्रेम्याक्स सोसल ए नाइ फोर'मा ४.२ जेल्लीबिन ओस र १.२ जिएचजेट अल्ट्रा फास्ट कोड कोर प्रोसेसरका साथ उत्कृष्ट प्रोसेसिङ रहेको कम्पनीले जनाएको छ। ४.५ फुल टच स्त्रि्कन रहेको यो मोबाइनलमा ३२ जिबीसम्मको मेमोरी कार्डको क्षमता बढाउन मिल्छ। यसमा रहेका अगाडि पछाडीका दुवै क्यामरा ५ एमपीका छन्। साथै यस मोबाइलमा ब्लु टुथ, बाइफाइ, जिपिएस, ग्राफिटी सेन्सर, प्रोक्सिमिटी सेन्सर र लाइट सेन्सर छन्। मोबाइलमा दुई सिम कार्ड राख्न मिल्छ।
यसका साधै यस कम्पनीले माइक्रेम्याक्सकै सबैभन्दा शक्तिलाशाली ४ हजार एमएएच ब्याट्री भएको ‘माइक्रो क्याभास पावर ए नाइन सिक्स' मोबाइल बजारमा उपलब्ध गराएको छ। यस मोबाइलमा ४.२ जेल्लीविन ओएस का साथै ५ इन्चको क्याप्टिभ टच स्त्रि्कन रहेको कम्पनीले जनाएको छ। यस मोबाइलमा पनि ‘माइक्रेम्याक्स सोसल ए नाइ फोर' जस्तै अन्य सुविधा उपलब्ध छन्।
प्रकाशित: ११ चैत्र २०७० २२:१६ मंगलबार