२९ पुस २०८२ मंगलबार
image/svg+xml
प्रविधि

सामसङ नयाँ ट्याब बजारमा

काठमाडौं– सामसङ मोबाइल्सको आधिकारिक विक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिस प्रालि (आइएमएस)ले सामसङ ट्याब थि्र टिहन्ड्रेडइलेभेन बजारमा ल्याएको छ। यसमा ४.२.२ जेलिबिन र १.२ गिगाहर्ज डुअल कोर प्रोसेसर रहेको आइएमएसले जनाएको छ।नयाँ ट्याबमा ७ इन्चको टिएफटी टचस्त्रि्कन छ। यसमा सिंगल माइक्रो सिम, ८ जिबी मेमोरी, ६४ जिबीसम्म विस्तार गर्न सकिने कम्पनीले जनाएको छ। विद्यार्थीलगायत सबै पेशाकर्मीलाई यो ट्याब उपयुक्त रहेको कम्पनीको दाबी छ। यसमा ३६०० एमएएच ब्याट्री भएकाले लामो समयसम्म टिकाउ हुने, थि्रजी वाइफाइ, ब्लुटुथ, जिपीएसलगायतमा सम्पर्क स्थापित गर्न सकिने कम्पनीले जनाएको छ। एनसेलको ३ जिबी डाटासहित यसको मूल्य २७ हजार रुपैयाँ तोकिएको छ।

प्रकाशित: ९ चैत्र २०७० २१:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App