२ माघ २०८२ शुक्रबार
image/svg+xml
प्रविधि

माइक्रोसफ्टले विन्डोज एक्स्पी नचलाउने

काठमाडौं– माइक्रोसफ्ट कम्पनीले आगामी महिनाबाट आफ्नो लोकप्रिय अपरेटिङ सिस्टम माइक्रोसफ्ट विन्डोज एक्स्पीलाई सपोर्ट नगर्न जनाएको छ।
अप्रिल ८ देखि सो कम्पनीले यो सिस्टमलाई सपोर्ट गर्ने छैन। यसको अर्थ यो सफ्टवेयरका लागि अब नयाँ सेक्युरिटी फिचर्स, अपडेट, बग फिक्सेज आदि जारी हुने छैन।
विन्डोजको नयाँ संस्करणतर्फ उपभोक्तालाई आकर्षित गर्न माइक्रोसफ्टले यो उपाय अपनाएको हो। यसका लागि उसले एउटा वेबसाइट तयार पारेको छ, जसमार्फत् एक महिनाअघि अर्थात मार्च ८ देखि विन्डोज एक्स्पी चलाउनेहरुको स्त्रि्कनमा सूचना आउनेछ।
माइक्रोसफ्टले विन्डोज एक्स्पीको बिक्री अक्टुबर २००१ देखि सुरु गरेको हो, जसलाई उपभोक्ताले असाध्यै रुचाए। एक अध्ययनअनुसार अगस्ट २०१२ सम्ममा यो सिस्टम प्रयोग गर्नेको संख्या सर्वाधिक थियो। त्यसपछि भने उपभोक्ताको भिड विन्डोज सेभेनतर्फ तानिएको थियो।

प्रकाशित: २४ फाल्गुन २०७० ०३:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App