यो सेवा प्रयोग गरे वापत प्रत्येक पटक करबाहेक एक रुपैयाँ सेवा शुल्क भने तिर्नुपर्ने कम्पनीले जनाएको छ। ‘यो सेवाले एनसेलका प्रिपेड ग्राहकलाई ब्यालेन्स उपहार दिन तथा अप्ठेरो स्थितिमा रहेका आफन्त एवं साथीभाईलाई जतिबेला पनि रकम ट्रान्सफर गरेर राहत प्रदान गर्न सम्भव बनाएको छ,' एनसेलकी कर्पोरेट कम्युनिकेसन निर्देशक सन्जु कोइरालाले भनिन्।
ग्राहकहरुले एउटा नम्बरबाट अर्को नम्बरमा ब्यालेन्स पठाउनको लागि एस्ट्रिक्स १७१२२ ह्यास मोबाइल नम्बर एस्ट्रिक्स पठाउन चाहेको रकम ह्यास डायल गर्नु पर्दछ। उदाहरणको लागि यदि ‘क' भन्ने ग्राहकले ‘ख' ग्राहकलाई १० पठाउन चाहे एस्ट्रिक्स १७१२२ एस्ट्रिक्स ख को मोबाइल नम्बर एस्ट्रिक्स १० ह्यास डायल गर्नुपर्दछ।
देशभर उपयोग गर्न सकिने यस सेवाको बारेमा थप जानकारीको लागि ग्राहकहरुले १७१२२ मा फोन गरि बुझ्न पनि सक्ने कम्पनीले जनाएको छ।
प्रकाशित: २१ फाल्गुन २०७० २१:०२ बुधबार





