कम्पनीका अनुसार यसमा १.२ गिगाहर्जको क्वाड कोड प्रोसेसर छ। २६०० एमएएचको ब्याट्रीले एकै दिनमा १७ घन्टासम्म कुरा गर्न र १० घन्टासम्म गीत सुन्न सकिने बताइएको छ। दुईवटा सिम हाल्न र सजिलै दुई नेटवर्कबीच स्विच गर्न मिल्ने सुविधा यसका थप विशेषता हुन्।
ग्यालेक्सी ग्रान्ड २ ले बजारमा ग्यालेक्सी सिरिजको बर्चस्व कायम राख्न मद्दत पुर्या उने कम्पनीले जनाएको छ। यसमा रहेको क्यामरामा बेस्ट फेस, बेस्ट फोटो र कन्टिनिअस सट जस्ता विशेषता छन्।
कम्पनीले एक वर्षअघि सार्वजनिक गरेको ग्यालेक्सी ग्रान्ड १ झन्डै ५५ हजार थान बिकेको र त्यसैबाट उत्साहित भएर ग्रान्ड २ ल्याएको चेयरपर्सन मलहोत्राले बताए। उनले चोरी पैठारीबाट भित्रिएका मोबाइलले वैधानिक हिसाबबाट आयातीत उपकरणलाई समस्यामा पारेको गुनासो गरे। उनका अनुसार नेपालमा वर्षेनी बिक्री हुने ८ लाख थान मोबाइलमध्ये आधामात्रै वैधानिक बाटोबाट ल्याइन्छ। उनले सरकारलाई सुन तस्करी रोक्नमा देखाएका सक्रियता मोबाइलमा पनि देखाउन आग्रह गरे।
प्रेसिडेन्ट दिकेश मलहोत्राले आफ्नो कम्पनी मूल्यका हिसाबले पहिलो भएको दाबी गरे। 'संख्याका आधारमा भने हामी एक नम्बरमा पुग्न अझै बाँकी छ,' उनले भने। कम्पनीले फ्ल्यागसिप मोडल भनेको ग्यालेक्सी ग्रान्ड २ को मूल्य ३६ हजार ९ सय रुपैयाँ पर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो।
प्रकाशित: २६ माघ २०७० २२:३५ आइतबार





