२ पुस २०८२ बुधबार
image/svg+xml
प्रविधि

एलजीको नयाँ स्मार्टफोन जिटु

काठमाडौं- एलजी मोबाइल कम्युनिकेसन्सको नेपालस्थित आधिकारिक बिक्रेता चौधरी ग्रुप (सिजी) को सिजी इम्पेक्स प्रालिले मंगलबार नयाँ स्मार्टफोन 'एलजी जिटु' सार्वजनिक गरेको छ। यो एलजीको 'जी' सिरिजको नयाँ फोन हो।


'जिटु मोबाइल फोन ट्याबलेट र स्मार्ट फोनको फ्युजन हो,' जिटु सार्वजनिक गर्न आयोजित कार्यक्रममा चौधरी सिजीको इलेक्ट्रोनिक्स डिभिजनका महाप्रबन्धक रमेश श्रेष्ठले भने, 'यसको बजार मूल्य ७५ हजार रुपैयाँ तोकिएको छ। अहिले बजारमा यो मोबाइलसँग प्रतिस्पर्धा गर्न अरू मोबाइल छैनन्।'

नक अन, रियर की, अडियो जुम, गेस्ट मोड, स्लाइड एसाइड, क्विक रिमोट, स्मार्ट भिडियो, क्युसाइड, क्विकमेमो, क्विक ट्रान्सलेटर, चिज सटर, लाइभ जुमिङलगायत विशेषतायुक्त जिटु मोबाइलको तौल १४३ ग्राम छ।

कम्पनीका अनुसार यसको सिपियु क्वालकम स्न्यापड्रागन २.२६ गिगाहर्ज क्वाड–कोर प्रोसेरयुक्त छ। यसमा अपरेटिङ सिस्टम एन्ड्रोइड जेलिबिन ४.२.२, डिस्प्ले ५.२ इन्च फूलएचडी आइपिएस, ३२ जिबी आन्तरिक मेमोरी, २ जिबी र्‍याम छ।

त्यसैगरी ३ हजार एमएएच क्षमताको ब्याट्री भएको जिटु मोबाइलको पछाडि भागको क्यामेरा १३ मेगापिक्से र अगाडिको क्यामेरा २.१ मेगापिक्सेल क्षमतायुक्त छन्। 'जिटु मोबाइल हाल कालो र सेतो रंगमा उपलब्ध गराइएको छ,' महाप्रबन्धक श्रेष्ठले भने।

कम्पनीका अनुसार जिटुको स्ट्यान्डबाइ टाइम ८ घन्टा २० मिनेट छ भने टक टाइम ३४ घन्टा छ। चलाउन आरामदायी, सजिलो र आकर्षक डिजाइनयुक्त जिटु यस्तो स्मार्टफोन हो, जसमा साइड बटमजति सबै पछाडि भागमा रहेका छन्।

प्रकाशित: २१ माघ २०७० २०:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App