यहि माघ २२ गतेबाट लागु हुने यस योजनामा एनसेलका इन्टरनेट प्रयोगकर्ताले ६ सय ९९ (कर बाहेक) रुपैयाँमा एक जिबी डेटा भल्युम रहेको अनलिमिटेड इन्टरनेट प्याक खरिद गरी ३० दिनसम्म इन्टरनेट सेवा प्रयोग गर्न सक्नेछन्।
'यस योजनाले एनसेलका ग्राहकहरुलाई प्याक सकिएपछि पनि इन्टरनेट चलाई आधारभूत कार्यहरु गर्न सक्ने सुविधा प्रदान गरेको छ। निश्चित मूल्यमा ३० दिनसम्म इन्टरनेट चलाउन सकिने यो सुविधाले हाम्रा ग्राहकहरुलाई थप लाभ प्रदान गर्ने विश्वास छ,' एनसेलकी कर्पोरेट कम्यूनिकेसन निर्देशक सन्जु कोइरालले भनिन्।
अनलिमिटेड इन्टरनेट प्याक लिएका ग्राहकले प्याक रहुञ्जेल थि्रजीको गतिमा इन्टरनेट चलाउन सक्नेछन् भने प्याक सकिए पछि पनि बाँकी अवधिभर ३२ केबिपिएसको गतिमा निःशुल्क इन्टरनेट चलाउन सक्नेछन्।यो सुविधा मोबाइलको माध्यमबाट इन्टरनेट चलाउने ग्राहकहरुको लागि लागु हुने छ। एनसेलका ग्राहकहरुले ८१७१२५३ डायल गरी यो सुविधा एक्टिभेट गर्न सक्छन्।
अनलिमिटेड इन्टरनेटमा ठूलो भल्युमको प्याक चाहने ग्राहकहरुको लागि ५ जिबी र १० जिबीका प्याकहरु पनि उपलब्ध छन्। ग्राहकले कर बाहेक क्रमशः एक हजार ९ सय ९९ र दुई हजार ९ सय ९९ मा यी प्याकहरु खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।
प्रकाशित: २१ माघ २०७० २०:३८ मंगलबार





