काठमाडौं- एलजी ब्रान्डको नयाँ स्मार्ट फोन 'एलजी जिटू' बजारमा आएको छ। चौधरी ग्रुप अन्तर्गत सिजी इम्पलेक्स प्रालिले मंगलबार एलजीको जी सेरिजको पहिलो स्मार्ट फोन बजारमा ल्याएको हो।
स्मार्ट फोनको बजारमा प्रतिस्पर्धा गर्न एउटै सेटमा धेरै विषेशता भएको मोबाइल बजारमा ल्याएको कम्पनीको दाबी छ। ५.२ इन्चको स्किन भएको जिटूमा अगाडि र साइडमा कुनै बटम छैन। पावर र साउन्डको बटम पनि पछाडि क्यामेराभन्दा पनि तल छ। यो विशेषताले गर्दा साउन्ड र पावर अन गर्न सजिलो हुने सिजी इलेक्ट्रनिक्सका मोबाइल कम्युनिकेसनका उपप्रमुख रमेश श्रेष्ठले बताए। जिटूको मोटाई २.६५ एमएम मात्र छ। नेपाली बजारमा यो मोबाइलको मुल्य ७५ हजार रूपैयाँ पर्ने कम्पनीले जनाएको छ। १३ मेगापिक्सेल क्यामेरा भएको मोबाइल आइओएस टेक्नोलोजीजडित छ। त्यस्तै, मोबाइलमा कम्प्युटरमा जस्तै होम र गेष्ट युजर बनाएर प्रयोग गर्न सकिन्छ। यसले गर्दा व्यक्त्तिगत कुरा सार्वजनिक नहुने कम्पनीको दाबी छ। यो मोबाइलबाट एकैपटकमा ३ वटासम्म एप्लिकेसन चलाउन सकिन्छ।
एलजीले 'जिप्रो लाइफ' नाममा अर्को स्मार्ट फोन बजारमा बजारमा ल्याएको जनाएको छ। २ वटा सिम लाग्ने यो मोबाइल ३६ हजार रूपैयाँसम्ममा किन्न सकिन्छ।
प्रकाशित: २१ माघ २०७० ०६:२५ मंगलबार





