क्यान कास्की अध्यक्ष चण्डीप्रसाद अर्यालका अनुसार सूचनाप्रविधि सम्बन्धी जानकारी दिलाउन र यस क्षेत्रमा भित्रिएका नयाँ प्रविधि बिस्तारका लागि मेला आयोजना गरिएको हो। युवापुस्तालाई सूचना प्रविधिको क्षेत्रमा अभ्यस्त बनाउन पनि मेलाले सघाउने उनले बताए।
मेलामा बृहत् सूचना प्रविधि प्रर्दशनी, आइसिटी कन्फरेन्स, क्षेत्रीयस्तरको टाइपिङ प्रतियोगिता, क्विज कन्टेस्ट, निःशुल्क कम्प्युटर मर्मत सेवा, आइसिटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादनको प्रदर्शनीलगायत गतिविधि गरिने उनले बताए। 'मुख्य रुपमा युवापुस्तालाई लक्षित गर्दै हामीले मेला आयोजना गरेका हौं,' उनले भने, 'सूचना प्रविधि क्षेत्रमा भित्रिएका नयाँ प्रयोगलाई पनि यसले उजागर गर्नेछ। नयाँ प्रविधिसँगै भित्रिएका सामानको खरिदबिक्रीको अवसर पनि मेलाले दिनेछ।'
स्कुल र कजेलस्तरका विद्यार्थीका लागि यस्तो मेला बढी उपयुक्त हुने आयोजकको भनाइ छ। मेलामा सूचना प्रविधिसम्बन्धी जानकारी दिने स्टल रहने छन्।
प्रकाशित: १७ माघ २०७० ००:२० शुक्रबार





