२३ चैत्र २०८२ सोमबार
image/svg+xml
प्रविधि

नागरिक एप्स आयो

काठमाडौं– नेपाल रिपब्लिक मिडियाले 'औंलामा छ संसार, औंलामै समाचार' नारासहित नागरिक न्युज एप्स् सोमबारबाट सञ्चालनमा ल्याएको छ। स्मार्टफोन वा ट्याबमा एक क्लिकमै राजनीति, आर्थिक, खेल र कला क्षेत्रका खबरहरू तुरुन्तै थाहा पाउन एप्स् उपयोगी रहेको मिडियाले जनाएको छ। यो एप्स्मा कुनै पनि घटनासँग सम्बन्धित आफ्नो अनुभव बाँड्ने र आफूले खिचेका रोचक तस्बिरहरु अपलोड गरी आफ्नै नाममा सेयर गर्ने सुविधासमेत छ।
यो एप्स एन्ड्रोइड प्रयोगकर्ताले आफ्नो मोबाइल वा ट्याबको प्ले स्टोर र आइओएस (एप्पल) प्रयोगकर्ताले आफ्नो आइफोन वा आइप्याडको एप स्टोरमा गई 'नागरिक न्युज एप' टाइप गरी निःशुल्क डाउनलोड गर्न सक्नेछन् । यो एप्स नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध छ।
सन् २००९ मा स्थापित नेपाल रिपब्लिक मिडियाले नागरिक (नेपाली दैनिक), रिपब्लिका (अंग्रेजी दैनिक), शुक्रवार (साप्ताहिक) प्रकाशन गरिरहेको छ भने अनलाइन पोर्टल नागरिक न्युज डट कम र माइरिपब्लिका डट कम सञ्चालन गरिरहेको छ।
एप्स सञ्चालनमा ल्याएको पहिलो दिन नै डाउनलोड गरेकाहरूले 'एप्स सोचेभन्दा राम्रो रहेको' बताएका छन्। 'मैले सोचेभन्दा धेरै राम्रो,' माधव लुइँटेलले एन्ड्रोइड एप स्टोरमा टिप्प्णी गरेका छन्।
डाउनलोडका लागि:
 

प्रकाशित: २९ पुस २०७० ००:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App